गण्डकी प्रदेशमा आजका घटना/दुर्घटना (साउन १४, २०७५)

गण्डकी प्रदेशमा आजका घटना/दुर्घटना (साउन १४, २०७५)

Gandaki Aaja 1

कास्की : कुटपिट गरि श्रीमतीको हत्या

पोखरा लेखनाथ महानगरपालिका २७ तालचोक स्थित बस्ने वर्ष ५५ कि सुन्तली कुमाललाई मादक पदार्थ सेवन गरि घरायसी झगडाको कारण निजको श्रीमान वर्ष ६३ को कमल कुमालले गैचिको बिंडले कुटपिट गर्दा उपचारको क्रममा सामुदायिक अस्पतालमा १४:३५ बजे उँहाको मृत्यु भएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई कुटपिट गर्ने कमल कुमाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

तनहुँ : सवारी दुर्घटना १ जना मृत्यु ७ घाईते

मिति २०७५।०४।१४ गते ०७:३० बजेको समयमा जिल्ला तनहुँ ब्यास १२ छिर्कने स्थित पृथ्वीराजमार्गमा दमौलीबाट डुम्रेतर्फ जादै गरेको बा २ ख ११३८ नं. को हाईस र बिपरित दिशाबाट आउदै गरेको बा ४ ख ११२४ नं. को आईचर (ट्क) एक आपसमा ठक्कर खाँदा हाईसमा सवार अन्दाजी १५ जना मध्ये ८ जना घाईते भई रत्नहरी अस्पताल दमौली उपचारको लागी पठाएकोमा छ । उक्त दुर्घटनामा गम्भिर घाईते भएकी काठमाण्डौ नयाँ बसपार्क बस्ने सबिना राईलाई थप उपचारको लागी मणिपाल अस्पताल पोखरा रिफर गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई चालकलाई नियन्त्रणमा लिईएको छ ।

पर्बत : सवारी दुर्घटना १७ जना घाईते

मिति २०७५।०४।१४ गते दिउसो अन्दाजी १३:५० बजेको समयमा जिल्ला पर्बत कुश्मा नगरपालीका वडा नम्बर २ नयाँपुल स्थित कुश्मा – बागलुङ सडक खण्डमा कुश्माबाट बागलुङ तर्फ जाँदै गरेको ग १ख ६४०४ नम्बरको मिनि बस र बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६३०२ नम्बरको माइक्रो एक आपसमा ठक्कर खाई दुर्घटना हुंदा दुबै सवारीमा सवार गरी १७ जना घआईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बागलुङतर्फ

तनहुँ : सवारी दुर्घटना १ जना घाईते

मिति २०७५।०४।१४ गते अन्दाजि ९:३० बजेको समयमा जिल्ला तनहुँ ब्यास १० बैरेनी स्थित दमौली-भोर्लेटार भित्री सडक खण्डमा भोर्लेटारचोकबाट बैरेनीतर्फ जादै गरेको ग.१त १२७१ न.को पावरटेलर र बिपरित दिसाबाट आउदै गरेको ग.११ प ९६५४ न.को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर पछाडी सवार सोहि स्थानको कुमालटारी बस्ने वर्ष १३ को कृष्ण पुन मगर घाईते भई उपचारको लागी पोखरा मेट्रोसिटी रिफर गरिएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई चालकलाई नियन्त्रणमा लिईएको छ ।

स्याङजा : सवारी दुर्घटना १ जना घाईते

मिति २०७५।०४।१४ गते अन्दाजी १०:०० बजेको समयमा वालिङ नगरपालिका ९ भकुण्डे स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट भकुण्डेतर्फ आउदै गरेको लु२० प८३२ नं.को मोटरसाईकलले पैदलयात्री सोहि स्थान बस्ने तारा बहादुर गैरेको छोरा वर्ष ६ को क्रिस गैरेलाई ठक्कर दिई उपचारको लागी प्रथामिक स्वास्थ्य केन्द्र वालिङ पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई चालकलाई नियन्त्रणमा लिईएको छ ।

कास्की : हँसिया प्रहार गरी घाईते

मिति ०७५।०४।१४ गते १५:२० बजेको समयमा जिल्ला कास्की मादी गाउँपालिका १२ हांडिखोला स्थित वर्ष ६९ को मिन बहादुर भुजेल र वर्ष ६० को रुम बहादुर क्षेत्री बिच जग्गा सम्बन्धी बिषयमा झगडा हुंदा धारिलो हतियार (हंसिया) र लाठिले एक अर्कालाई हानाहान गर्दा रुम बहादुर क्षेत्री घाईते भई उपचारको लागि सामुदायिक अस्पताल शिशुवामा पठाएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई कुटपिट गर्ने मिन बहादुर भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

कास्की : गाँजा फडानी

मिति ०७५।०४।१४ गते १०:४० बजेको समयमा कास्की पोखरा लेखनाथ महानगरपालिका २३ मकबानपुरमा प्रहरी चौकी पामे कास्कीको आयोजनामा लागुऔषध नियन्त्रण अभियान वडा नं २३ को संयोजक बिष्णु दाहाल , वडा नं. २४ का संयोजक रेसम सुबेदी र वडा न २३का जनप्रतिनिधी दुर्गा घलेको अगुवाईमा अन्दाजी ४०\५० जना स्थानिय र प्रहरीको सहभागितामा प्राकृतिक रुपमा उम्रेका अन्दाजी १५०० गाँजाका बोटहरु ( अन्दाजी ३५ क्विन्टल) फडानि गरी नष्ट गरिएको छ । साथै पोखरा लेखनाथ महानगरपालिका १० रामघाट स्थित सुकुम्बासी एरियामा पनी प्रहरी लगायत अन्य सरोकारवाला निकायहरुसंगको सहकार्यमा प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु फडानी गरिएको छ ।

नवलपरासी( बर्दघाट सुस्ता पूर्व): नदिमा वेपत्ता

आज श्रावण १४ गते नवलपरासी गैंडाकोट नगरपालिका-२ स्थित रहेको नारायणी नदीको पुलको विच भागबाट हालसम्म नामथर वतन नखुलेको वर्ष अंन्दाजी ६०/६५ पुरुष व्यक्तिले नारायणी नदिमा हाम फालेको भन्ने खवर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई खोजतलाश कार्य भईरहेको छ ।

मिती : २०७५।०४।१४ गते । प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ