तनहुँ । नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँको आयोजनामा प्रथम गोरे बहादुर खपाङ्गी स्मृति कप २०७५ हुने भएको छ । आगामी भदौ ११ गते बाट तनहुँको व्यास-३ दमौली स्थित रहेको विपी बनबाटिका खेल मैदानमा हुने भएको छ ।
पुर्व महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्रि तथा पुर्व नेपाल मगर संघ केन्द्रिय अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको स्मृतिमा नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँले प्रतियोगीताको आयोजना गर्न लागेको हो । आगामी भदौ ११ देखी १६ गते सम्म ५ दिन सेभेन ए साइड प्रतियोगिता संचालन हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आदिवासी तथा जनजातिको लागि मात्रै नभई पछाडी परेका सम्पूर्ण नेपालीको हकहितको लागि उल्लेखनीय योगदान पुर्याएकोले संघले नेपाल मै पहिलो पटक खपाङ्गीको स्मृतिमा उक्त प्रतियोगिता गर्न लागेको हो ।
नेपाली समाजमा युगौ देखि दमनमा पारिएका तथा शोषित आदिवासी पीडित भूमिपुत्र जनजातिलाई निद्राको अवस्थाबाट जागरुक बनाउन तथा दासताबाट उन्मुक्तिका बाटोमा डोराउन सदैव अग्रणी भूमिका खेलेका गोरे बहादुर खपाङ्गीको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । २००३ सालमा जन्मेका गोरे बहादुर खपाङ्गी मगरको दुइ वर्ष अघि मृत्यु भएको थियो । उक्त प्रतियोगितामा विजेता टिमले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र प्रतियोगिताका उपविजेता टिमले ३३ हजार ३ सय ३३ रुपैया पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको कुल खर्च ४ लाख ३० हजार भन्दा बढी लाग्ने आयोजकले अनुमान गरेका छ्न ।
गोरे बहादुर खपाङ्गी मगरको योगदानको कदर गर्दै तनहुँ र तनहुँका फुटबल खेलाडीहरु लाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउनुका साथै युवाहरुको कला, प्रतिभा प्रस्फुटन गराई खेलकुद क्षेत्रको विकास गर्ने उद्धेश्यका प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँका अध्यक्ष बादल आले मगरले पत्रकार सम्मेलनमा बताए । त्यस्तै खेलको माध्यम बाट एकआपसमा सुमधुर सम्बन्ध विस्तार गरि मित्रताको भावना विकास गर्न समेत प्रतियोगिता गरिएको आलेले जानकारी दिए । प्रतियोगिताको दर्ता शुल्क ५ हजार रहेको आयोजकले जनाएको छ । करिब ३० टिमको प्रतियोगिताका सहभागी हुने आयोजकको अनुमान रहेको छ ।
जिल्लाका विभिन्न स्थानबाट विभिन्न संघ सस्था तथा युवा क्लबबाट प्रतियोगितामा सहभागी हुन सक्ने मोहन राना मगरले जानकारी दिए । नेपाल मगर युवा संघ जिल्ला समिति तनहुँका अध्यक्ष बादल आले मगरको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, मोहन राना मगर, हर्क बहादुर थापा लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संघका सचिव रेख बहादुर थापा मगरले गरेका थिए ।
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते