श्यामशितल परियार । लमजुङ सुन्दरबजार नगरपालिका शिख्राका रेशम बहादुर नेपालीले नीजि आवास पुनर्निर्माणका लागि पहिलो किस्ता लिईसकेका छन् । किस्ता लिएतापनि उनले डीपीसी सम्मको काम पनि पुरा गरेका छैनन् । पहिलो किस्ता वापत पाएको ५० हजारले डिपिसि गर्न नपुगेपछि उनको घर निर्माणको काम अघि बढ्न सकेको छैन ।
‘पहिलो किस्ता ५० हजार त लिएँ । किस्ता लिएसंगै रड र टिन किनेँ । खेताला लगाएर जग पनि खनेको छु । ५० हजारले मात्रै डिपिसिसम्म गर्न पनि पुगेन । पैसा अपुग भएका कारण बाँकी काम अघि बढेको छैन,’ उनले भने । अब छिट्टै पैसा खोजखन्तार गरेर भएपनि डिपिसिसम्मको काम पूरा गरी दोश्रो किस्ताको लागि फर्म भर्ने उनको सोँच छ ।
यस्तै, सुन्दरबजार नगरपालिका बलिथुमका बुद्धबहादुर परियारले पहिलो किस्ता लिएर डिपिसिसम्मको काम पुरा गरेका छन् । त्यसैले उनले दोश्रो किस्तावापतको डेढ लाख पनि बुझिसकेका छन् । दोश्रो किस्तामा थपथाप गरेर घर निर्माणको काम पुरा गरी तेश्रो किस्ता दावी गर्ने उनको भनाई छ ।
‘पहिलो किस्ता लिएँ । ५० हजारले मात्र डिपिसि गर्न पुगेन । त्यसैले ऋणधन गरी २५ हजार थपेर ७५ हजार खर्चेर डिपिसिको काम पुरा गरेँ । पहिलो चरणको काम सकेँसंगै दोश्रो किस्ता पनि पाएको छु,’ उनले भने, ‘दोश्रो किस्तावापतको डेढ लाख अब घर निर्माणमै खर्च गर्नेछु ।’
लमजुङकै बलबहादुर दुलालले घर निर्माण गरिसकेका छन् । नयाँ घरमा उनी बसिसकेका छन् । ‘ऋणधन गरेरै भएपनि घर त बनाएँ । पहिलो र दोश्रो किस्ता त पाएँ । प्राविधिकहरु घर हेर्न आएका छैनन् । तेश्रो किस्ताको फाराम नै भरेको छैन । तेश्रो किस्ता पाउन पाएँ घर निर्माणमा लागेको खर्च तिर्न सजिलो हुन्थ्यो,’ उनले भने ।
जिल्ला समन्वय लमजुङका फोकल पर्सन शिव रेग्मीका अनुसार लमजुङमा कुल लाभग्राही संख्या १३ हजार ९ सय ५९ रहेका छन् । तीमध्ये १३ हजार १ सय ३१ जनाले पहिलो किस्ता, ४ हजार २४ जनाले दोश्रो किस्ता र २ सय २० जनाले तेश्रो किस्ताको करम बुझिसकेका छन् । ‘१ सय जनालाई तेश्रो किस्ता, २ सय जनालाई दोश्रो किस्ता पठाउने तयारी भईरहेको छ,’ उनले भने ।
उनका अनुसार जिल्लामा साँढे ६ हजार घर निर्माणाधीन अवस्थामा रहेको छ । प्राविधिकहरुले घर निरीक्षण गरिरहेका छन्।। जिल्लामा भुकम्पपछिको पुनर्निर्माणमा आफुहरु पूर्ण रुपमा सन्तुष्ट रहेको रेग्मीको भनाई छ ।
‘हामी कम प्रभावित जिल्लामा पर्यौँ । अन्य जिल्लाको तुलनामा यहाँ कार्यक्रम नै डेढ वर्ष ढिला भयो । जुन रुपमा पुनर्निर्माण भएको छ । त्यसमा हामी सन्तुष्ट छौँ । असार मसान्तसम्ममा ४ हजार जना लाभग्राहीलाई दोश्रो किस्ता पठाईसक्ने हाम्रो टार्गेट थियो । हामीले टार्गेट मिट गरेका छौँ । यही अनुपातमा काम हुन सके चालु आर्थिक वर्षमा नै नीजि आवास पुनर्निर्माण कार्य सक्ने हाम्रो लक्ष्य छ । सायद हाम्रो लक्ष्य पुरा हुन्छ,’ उनले भने ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु