प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त तीनैजना मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । यो सँगै मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । संविधानमा मन्त्रिपरिषदको संख्या बढीमा २५ सदस्यीय हुने कानुनी व्यवस्था छ । ढकाल र अर्याल नेपाल कम्युनिस्ट पार्टीका हुन् भने यादव संघीय समाजवादी फोरमका हुन् ।
बंगलादेशमा पढ्ने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि साउन ८ गते तत्कालिन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रिविहीन थियो । प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयको जिम्मेवारी मोरङ क्षेत्र नं ३ बाट निर्वाचित ढकाललाई दिएका हुन् ।
त्यस्तै भूमि व्यवस्था मन्त्री अर्याल यसअघि मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिइन् । सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई फुटाएर भूमि व्यवस्था छुट्टै मन्त्रालय बनाई अर्याललाई जिम्मा दिइएको हो ।
शुक्रबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि नवनियुक्त मन्त्रीहरुले आजै पदभारसमेत ग्रहण गरेका छन् ।
को हुन् पद्मा अर्याल ?
पद्मा अर्याल स्याङजा क्षेत्र नं २ की एमाले सांसद हुन् । उनको जन्म २०२५ पुसमा स्याङजाको वालिङ १४ मा भएको हो । उनले पूर्णामृत भवानी उच्च माविबाट एसएलसी र भक्तपुर बहुमुखी क्याम्पसबाट बिएड अध्ययन पूरा गरेकी हुन् ।
०४० सालमा अनेरास्ववियू पाँचौमार्फत राजनैतिक यात्रा सुरु गरेकी उनी ०६९ सालदेखि नेकपा एमालेको केन्द्रिय सदस्य हुन् । निवर्तमान सरकारमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहेका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई चुनावी मैदानमा हराउँदा अर्यालको चर्चा चुलिएको थियो ।
एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष
उनी एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष बनेकी थिइन् । सातौं जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य बनिन् । उनी स्याङजाकी जिल्ला इनचार्ज समेत रहिन् । ०३७ सालमा तत्कालीन नेकपा माले हुँदै राजनीतिमा सक्रिय रुपमा लागेकी अर्याल ०५४ मा वडासदस्यका रुपमा विजयी भएकी थिइन् ।
०६४ मा समानुपातिक सभासद् बनेकी थिइन् । महिला सशक्तिकरणमा अग्रणी भूमिका खेलेका अर्याल अधिकार आफैं संघर्ष गरेर लिनुपर्ने बताउँछिन् । महिलाले उत्साही भएर अघि बढे जुनसुकै जिम्मेवारी सम्हाल्न सक्षम हुने उनको भनाइ छ ।
[अद्यावधिक गरिएको]
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा