दशौं मिस पोखरा चयन गर्न शनिबार पहिलो अडिसन हुँदैछ । पोखरामा लामो इतिहास बोकेको सौन्दर्य प्रतियोगिता मिस पोखराको दशौं संस्करणका लागि आयोजक जेसिआई पोखरा, नेपालले एक महिना अघिदेखि आवेदन फाराम खुल्ला गरेको थियो ।
हिमाअस एजुकेशन कन्सल्टेन्सिको मुख्य प्रायोजन तथा बिग एफएम रेडियो पार्टनर रहेको दशौं संस्करणको अडिसन जेसिजको सचिवालय पुरानोधारा रानीपौवामा पूर्वान्ह ११ बजेदेखि चल्नेछ । आयोजक संस्थाका पूर्व अध्यक्षहरु, पूर्व मिस पोखरा लगायतले अडिसन लिनेछन् । अडिसनमा छनौट भएकाहरुलाई करिब एक महिनाको बन्द प्रशिक्षण पछि असोज २० गते प्रतियोगिताको फाईनल पोखरा सभागृहमा प्रतिष्पर्धामा उतारिनेछ ।
एक महिनाको अवधिमा पोखराका दर्शन बढी कलेजमा क्याम्पेनिङ समेत गरिएको पोखरा जेसिज कार्यकारिणी उपाध्यक्ष एवं कार्यक्रम मूल संयोजक देवराज शर्माले जानकारी दिए ।
पृथ्वीनारायण क्याम्पस, कन्या क्याम्पस, पोखरा कलेज अफ म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट कलेज गैह्रापाटन, नोवल एकेडेमी न्यूरोड, ला ग्राण्डी कलेज, लिंकन कलेज, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट छिनेडाँडा, पोखरा विश्वविद्यालय, एयर होस्टेज ट्रेनिङ रानीपौवा लगायत क्याम्पसमा कार्यक्रम भएको थियो ।

रेडियो पार्टनर बिग एफएमसँग एमओयूमा हस्ताक्ष्रपछि स्टेशन म्यानेजर रञ्जन अधिकारीसँग ।
युवा नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजित प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढेको अध्यक्षीय सल्लाहकार सन्तोष शाहीले जनाए ।
प्रतियोगितामा प्रमाणपत्र तह उत्तीर्ण गरेका र १६ देखी २४ बर्ष सम्मका अविवाहित नारीहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको बिजेताले ’मिस पोखरा’को टाईटल संगै ताज, स्कुटर, ५० हजार रुपैंया तथा आकर्षक गिफ्ट ह्याम्पर सहित एक हप्ता अष्ट्रेलिया भ्रमणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै मिस नेपालमा सिधै सहभागिता जनाउन पाउनेछिन् ।

मुख्य प्रायोजक हिमाअस एजुकेशन कन्सल्टेन्सिसँग एमओयूमा हस्ताक्ष्रपछि ।
यस्तै, फस्र्ट रनर अपले ताज, ३० हजार रुपैया र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने सेकेण्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन् । अन्य १० जना प्रतियोगिलाई बिधागत रुपमा सब टाईटल अवार्ड सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक पोखरा जेसिजका अध्यक्ष शिव सुवेदीले जानकारी दिए ।

टेलिभिजन पार्टनर पोखरा टेलिभिजनसँग एमओयूमा हस्ताक्ष्रपछि ।
मिस पोखराले मिस नेपालमा बिना अडिसन सिधै सहभागी हुन पाउने भएकाले पनि यो प्रतियोगितालाई बिशेष महत्वका साथ हेरिने गरिन्छ । सन् १९९५ मा पहिलो मिस पोखरा रीता गुरुङ मिस नेपाल फस्र्ट रनर अप हुन सफल भएकी थिइन् । त्यस्तै, सन् १९९७ मा मिस पोखरा निलिमा गुरुङले मिस नेपालको उपाधि जितिन् । जुन अहिलेसम्म मिस पोखराले प्राप्त गरेको ठूलो उपलब्धि हो ।

एस टु प्रोडक्सनसँग एमओयूमा हस्ताक्ष्रपछि ।
कलेजमा क्याम्पेनिङ


सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ