संस्कृत माविमा ठकुरी परिवारद्वारा बटुकलाई भोजन

संस्कृत माविमा ठकुरी परिवारद्वारा बटुकलाई भोजन

batuk

पोखरा । पोखरा १ बगर स्थित संस्कृत माविमा तुलाबहादुर ठकुरी परिवारले बटुकलाई भोजन गराएका छन् । आवासिय रुपमा बस्दै आएका विपन्न ६० जना बटुकलाई बुधबार ठकुरी परिवारले बिहानको १ छाक भोजन गराएका हुन् ।

उनले साउन २५ गते बुबाको वार्षिक तिथिको अवसरमा पनि भोजन गराउने प्रतिबद्धता जनाएका छन् । साथै, २ थान युरो गार्ड राखिदिने समेत घोषणा गरेको ज्यो.पं. कमल पौडेल शास्त्रीले जानकारी दिए ।

सोहि अवसरमा समाजसेवी रामचन्द्र पौडेलले ५ हजार ५५ रुपैंया सहयोग समेत गरेका थिए । माविका व्यवस्थापन समिति अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ कृष्ण देवकोटाले स्वागत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ