तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १ अम्रेनिमा शनिबार साझ ट्रक संग २ वटा मोटरसाइकल ठोक्किदा मोटरसाइकलका चालक द्वय गम्भीर घाइते भएका छन् ।
डुम्रे बाट दमौली तर्फ आउदै गरेको ना १ क २१५२ नम्बरको ट्रक संग सोहि दिशा बाट आउदै गरेको ग १३ प ६४५६ र ग १३ प ५२०४ नम्बरको मोटरसाइकल ट्रक संग ठोक्किदा उक्त दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाइते हुनेमा व्यास १ भादगाउँ बस्ने वर्ष १८ को प्रविन थापा र सोहि स्थान बस्ने वर्ष १८ कै बिबेक खाती रहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परि घाइते हुने एक जना मोटरसाइकलका चालकको पोखरामा र अर्काको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक लाइ मोटरसाइकलले ओभरट्याक गर्न खोज्दा उक्त दुर्घटना भएको र मोटरसाइकलको अघिल्लो भागका क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शनमा
देश बनाउन अब एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
गोरखामा ब्ल्याङ्केटमा बेरेर नालामा फालिएको अवस्थामा युवतीको शव फेला
कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका