गुरुकुल आश्रमका ६० बटुकलाई पौडेलले भोजन गराए

गुरुकुल आश्रमका ६० बटुकलाई पौडेलले भोजन गराए

38516076_830661120471251_6853596760107909120_n

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १, भिमकाली पाटनमा रहेको संस्कृत माविमा रहेको गुरुकुल आश्रममा आवासिय रुपमा अध्ययन गर्ने वटुकहरुलाई एक दिनको भोजन सहयोग गर्ने दाता दिन प्रतिदिन आकर्षित हुँदै आएका छन् ।

श्रावण सोमबार आफ्नो सुपुत्री रश्मि पौडेल को जन्मदिनको अवसर पारेर कुश्मा नगरपालिका २ खुर्कोट निवासी हाल दाङ बसोबास गर्दै आएका रबीन्द पौडेलले आवासिय रुपमा अध्ययनरत ६० जना वटुकलाई भोजनको लागि सहयोग गरेका छन् ।

हामि संगको सम्पर्कमा पौडेलले सामाजिक सञ्जाल बाट जानकारी पाइसकेपछि आफु पनि यो कार्यमा सहभागी हुन् चाहेको युबा ज्योतिषी कमल पौडेललाई राखेको बताएका छन् | आफु स्वयं उपस्थित हुन् नपाए पनि नानुको जन्मदिनको अवसरलाई समेत पारेर सहयोग गरेको जानकारी गराएका छन् | आगामी दिनमा सहयोगलाई निरन्तरता दिदैं विद्यालय र विद्यार्थीेहरुको आवास तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने तथा सहयोगी मनहरुलाई प्रोत्साहित गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले पोखराको सबैभन्दा पुरानो स्कुल भएर पनि ओझेलमा रहेको संस्कृत माविलाई उत्कृष्ट विद्यालय वनाउन विभिन्न सुधारका कार्य गर्दै गरेको बताए ।

उनले भर्ना शुल्क पनि नलिइ विद्यार्थीलाई अध्ययन गराउँनुका साथै विद्यालय ड्रेस समेत निशुल्क प्रदान गर्दै आएको वताए । नेपालका कुनै पनि जिल्लाबाट अध्ययन गर्न इच्छुक वालकहरुलाई संस्कृत लगाएतको विषयको शिक्षा प्रदान गर्दै आएको पनि बताए ।

नेपाल ज्योतिष परिषद् प्रदेश नं. ४ का महासचिव ज्यो. कमल पौडेलले सामाजिक संजाल बाट थाहा पाएर सहयोग गर्नु आफैमा महान कार्य भएको बताए | वैदिक सस्कृतिको जगेर्नामा उहाँले गरेको योगदान अरुका लागि अनुकरणीय भएको समेत बताएका छन् | समाजसेवी प्रकाशरमण अधिकारि आश्रमहरुलाई सहयोग गर्ने महानुभावहरुलाई भविष्यका कर्णधार वटुकहरु पढ्ने विद्यालयमा अवलोकन गरी भोजन सहयोग गर्न आग्रह गरेका थिए ।

दरबारथोक एड्भरटाइजिङ एजेन्सीका कृष्ण रानाभाटले देशमा धार्मिक अतिक्रमण भइरहेको बेलामा हाम्रो सस्कृति रक्षाको लागि यस्ता आश्रम कोशेढुंगा साबित हुने बताएका बताए | विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले र स्वागत विद्यार्थी कृष्ण गौतमले गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ