तनहुँ। एनआईसी एशिया बैंक लिमिटेडले तनहुँ जिल्ला म्याग्दे गाउँपालिकाको जामुने बजारमा आफ्नो सोह्रौं शाखारहित बैंकिङ्ग सेवा गत साउन १८ गतेबाट संचालनमा ल्याएको छ । गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्ष सुक नारायण मल्लले गरेका थिए । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोवारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने,स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
सम्बन्धित खबर
बागलुङका पूराना वामपन्थी नेता, पूर्वराज्यमन्त्री शर्माको निधन
गण्डकीको हिउँदे अधिवेशन माघ २१ गते, प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने
गण्डकीका स्वास्थ्य सचिव विनोद विन्दु शर्माको सरुवा, डा. बगालेको पदस्थापन
रवि लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण माग्याे उच्चले
चापाकोटमा आगलागी, लाखौंको क्षति
गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी