महेन्द्र जिसी, पर्वत । निर्वाचित जनप्रतिनिधि नै जापान बस्ने भएपछि सेवा रोकिएको भन्दै पर्वतको पैयुँ गाऊँपालिकाको कार्यालयमा तीन दिनदेखि तालावन्दी गरिएको छ । वडा नं. ४ का अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ आफ्नो जिम्मेवारी समेत छाडेर चार महिनादेखि जनतासँग लुकेर जापान बसेका छन् । दैनिक काजकामका लागि समेत वडाको सिफारिस चाहिन्छ, वडा अध्यक्ष नै नहुँदा स्थानीयले सेवा नपाएको भन्दै तालाबन्दी गरेका छन् ।
प्रदेश कानुन अनुसार वडाअध्यक्ष विना जानकारी लगातार तीन वटा कार्यपालिका वैठकमा सहभागी नभए कार्वाही गर्ने प्राबधान अनुसार गाउँपालिकाले पत्र काटेपछि विवाद चुलिएको हो । अहिले गाउँ पालिकाको कार्यालयमा तालाबान्दी छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल भुसालका अनुसार सेवा दिने जनप्रतिनिधि नै चार महिना देखि कार्यालयमा नभएपछि यस्तो अवस्था आएको हो । उप प्रमुख जसमती गुरुङले सेवा सुविधा लिएर जन प्रतिनिधि कमाउन जानु गलत भएको भन्दै आफूले तत्काल कार्यालयमा हाजिर हुन आग्रह गरेको बताईन् ।
आफैले जिताएका अध्यक्ष कमाउन जापान हानिएपछि जनताले सेवा नै पाएका छैनन् । उनीहरुले लगातार कार्यालयमा धर्ना दिइरहेका छन् । जापान बस्दै आएकी अध्यक्ष श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका हुन् । जापानमा व्यवसाय गदै आएका श्रेष्ठले आर्थिक चलखेलमा चुनाव जितेको गुनासो अहिले स्थानीयको छ । पालिका भित्रको आन्तरिक समस्यामा आफूहरुको कुनै भूमिका नरहने जिल्ला समन्वय समिति पर्वत बताउँछ ।
समन्वय अधिकारी विष्णु प्रसाद भुसालले दुई स्थानीय तहमा देखिएका विवाद समाधान गर्ने अधिकारी भएको भएपनि गाउँपालिका भित्रको आन्तरीक विवाद मिलाउने अधिकार नभएको हुँदा पालिकाको कार्यालय खुलाउन पहल गर्न नसकिएको बताए ।
नेपाल सरकारको गाउँगाउँमा सिँहदरवार भन्ने नारालाई निर्वाचित जनप्रतिनिधि नै कमाउधन्दामा देश छाडेपछि गिज्याइरहेको आभाष हुन्छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा