पोखरा महानगरमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा महानगरमा निःशुल्क स्वास्थ्य शिविर

mahanagra sibir

शिविरमा प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल स्वास्थ्य जाँच गराउँदै साथमा महानगरप्रमुख मानबहादुर जिसीलगायत

पोखरा । पोखरा महानगरपालिका कार्यालय न्युरोडमा बुधबार निशुल्क स्वास्थ्य शिविर भएको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा स्वास्थ्य शिविर भएको हो । महानगरका कर्मचारी, जनप्रतिनिधि र महानगरमा आउने सेवाग्राहीलाई लक्ष्य गरेर स्वास्थ्य शिविर गरिएको महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

उनका अनुसार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म भएको शिविरमा ३ सय ७३ जनाले रक्तचाप, मधुमेहको परीक्षण गरेको गर्नुका साथै ८५ जनालाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई नियमित स्वास्थ्य जाँचको महत्वको साथै स्वास्थ्य सचेतना जगाउन शिविर गरिएको शर्माले बताए । महानगरका मेयर मानबहादुर जिसीको स्वास्थ्य परीक्षण गरेर शिविर शुभारम्भ भएको थियो भने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पनि स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ