तनहुँ । लायन्स क्लब अफ तनहुँ दमौलीले जिल्ला कारागार तनहुँमा टेलिभिजन हस्तान्तरण गरेको छ । राष्ट्रिय लायन्स दिवसको अवसरमा क्लबले टिभी हस्तान्तरण गरेको क्लब अध्यक्ष राजकुमार श्रेष्ठ `राकु´ले बताए । ब्यानर पढेर उद्घाटन प्रमुख अतिथि एसपी शाहले गरेका थिए ।

क्लबका प्रथम उपाध्यक्ष सरोज भण्डारी स्वागत साथै लायन्स क्लबका बारेमा जानकारी दिएका थिए । कारागार भित्र बाहिरको सूचना पुर्याउन टेलिभिजन हस्तान्तरण गरिएको उनले बताए । क्लबको अध्यक्ष राजकुमार श्रेष्ठ `राकु´ को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एसपी शिद्धीबिक्रम शाह रहेका थिए । कार्यक्रम जेलर सक्षम घिमिरे, कारागारका प्रमुख विन्दुराज घिमिरे लगाएकाले आ-आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्लबका सदस्यहरुको उपस्थित रहेको थियो । प्रमुख अतिथि एसपी शाहले समाजसेवामा युवा, युवा लाई राम्रो बाटो तर्फ लग्ने प्रयास राम्रो रहेको उनले बताए। टेलिभिजन प्राप्त गरेको पछि कारागारमा रहेका कैदीबन्दी सहि सूचना पाउन सक्ने समेत उनले बताए ।

अध्यक्ष राकु श्रेष्ठ नेपालमा लायन्स क्लब स्थापन दिवसको अवसर क्लबले टेलिभिजन हस्तान्तरण गरेको हो । लायन्स क्लब आफू बने पछी आफू भन्दा कम सम्पन्न लाई सहयोग गर्ने क्लब रहेको उनले बताए । कार्यक्रमको संचालन क्लबका सचिव बिपिन श्रेष्ठले गरेका थिए । त्यस्तै तनहुँका ७ वटा लायन्स क्लबहरुले स्थापना दिवसको अवसरमा संयुक्त रूपमा व्यास-७ क्यामिन माविमा वृक्षरोपण गरिएको क्लबले जनाएको छ ।
यो पनि पढ्नुहोस :
लायन्स क्लब अफ तनहुँ दमौली लाई बेस्ट ड्रेस कोड अवार्ड र उच्चतम सहभागिता अवार्ड
सम्बन्धित खबर
तनहुँबाट अमेरिकन पेस्तोल र गोलीसहित २ जना पक्राउ
तनहुँको व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते
तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
तनहुँको म्याग्देमा तीन करोडमा दुई सय घरधुरीमा खानेपानी सुविधा
यो पनि पढौँ
श्रीमति मारेर जेल परी निस्किएका धादिङका बाबुकाजीले ८८ वर्षीय ठूलोबुवा पनि मारे
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प