सुन्दरकुमार थकाली, मुस्ताङ । धार्मिक तथा पर्यटकिय जिल्ला मुस्ताङको मुक्तिनाथ रानीपौवा र कागबेनी बसपार्कमा पार्किङ गर्ने सवारी साधनको शुल्क उठाउने ठेक्का टेन्डरको जिम्मा स्थानीय स्तरलाई अवसर दिनुपर्ने माग राख्दै मुक्तिनाथ रानीपौवावासीले आज शुक्रवार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालय परिसरमा चर्को नाराबाजी सहित घेराउ गरेका छन् ।
कागबेनी स्थित नाम नखुलाउने शर्तमा एक प्रत्यक्षदर्शीका अनुसार स्थानीयतहका महोत्काँक्षालाई पुरा गर्न स्थानीय स्तरका साना ठेक्कालाई शि®ो गाउँको जनभावनालाई कुण्ठित गर्दे यसप्रकारको अवसर बाह्य व्यक्तिलाई सुम्पिन नहुने जनाएका छन् ।उनीहरुले गाउँकार्यपालिकाको कार्यशैली प्रति चर्का नारा बाजी लगाएका थिए ।ठुलो संख्यामा प्लेकार्ड र ब्यानर सहित गाउँपालिकामा बिरोध जनाउन उपस्थित भएका स्थानीयले स्थानीयतहका केही कर्मचारीलाई १५ मिनेट सम्म कोठा भित्रै सिमित गरेर बाहिर निस्कन दिएका थिएनन् ।

स्थानीयवासीको बिरोध अघि वारागुङ १ झारकोटको एक कार्यक्रम पुगेर फर्किएका गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ र प्रशासकिय अधिकृत दिपक रेग्मी कार्यालयमा उपस्थित भएपछि आन्दोलित स्थानीयवासी शान्त भएका थिए ।अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ र प्रशासकिय अधिकृत दिपक रेग्मीको पहलमा दुबैपक्ष बीच वार्ता भईरहेको गाउँपालिकाका एक सदस्यले जानकारी दिए ।
स्थानीयवासीले स्थानीय स्तरमा हुने आम्दानीको श्रोतलाई व्यापारिकण गर्न नहुने र यसको अवसर स्थानीयवासीले दिनुपर्ने गाउँलेको माग छ ।उनीहरुले स्थानीयतहले पार्किङ ठेक्काको बिषयमा गाउँ मुखिय र स्थानीय संग समन्वय नगरी ठेक्का खुलाईको प्रति आपत्ति प्रकट गरेका थिए ।
वारागुङ मुक्तिक्षेत्र गाउँकार्य पालिकाको निर्णय अनुसार १५ दिनअघि कागबेनी र मुक्तिनाथको पार्किङ ठेक्का आह्वान गरीएकोमा आज अन्तिम दिन भएको जनाईएको छ ।स्थानीयतहले उक्त ठेक्का ५ लाख नघट्ने गरी टेन्डर खुलाएको थियो ।श्रोतका अनुसार उक्त पार्किङ शुल्क उठाउने ठेक्काका लागि अहिले सम्म कुनै पनि दरखास्त नपरेको जनाईएको छ ।
सम्बन्धित खबर
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु
यो पनि पढौँ
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ