पोखरा । नेपालमा कुनै हिरोकै नाममा पहिलो पटक शहर–शहरमा कार्यक्रम हुँदैछ । आफ्नो स्टारडम प्रमाणित गरिसकेका पछिल्लो पुस्ताका नायक अनमोल केसीको नाममा पोखरामा भदौ १६ गते ‘अनमोल ईभ — २०१८’ हुँदैछ ।
नेत्रहिन महिला संघको सहयोगार्थ हुन लागेको कार्यक्रममा अनमोलले बिना पारिश्रमिक आफ्नो प्रस्तुति राख्नेछन् । केसीले स्टेजमा कम्मर मर्काउन लागेको यहाँ पहिलो पटक हो । केसीले नाचेर गाएर आफ्नो फ्यानहरुलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।
‘अनमोल ईभ’ मा अनमोल सँगै अहिलेकी हट नायिका प्रियंका र भिटेनको पनि एकसाथ स्टेजमा प्रस्तुतिरहने छ । मोनिका ईन्टरनेशनल र स्पेक्स १४ को आयोजनामा पोखराको अमरसिहं चौरमा दिउँसो २ बजेदेखि हुने कार्यक्रममा प्रवेश गर्न ३ हजार, १ हजार र ५ सय सहित न्युनतम २ सय सम्मको टिकट को व्यवस्था गरिने ईभका संयोजक कमल जिसीले बताए ।
पोखराको पर्यटन पर्वद्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको ईभमा अनमोल, प्रियंका, भिटेन सहित डिजे ससपोईजन, डिजे बिरेन तथा ड्रिमर्ज ब्यान्ड लगायत स्थानिय प्रस्तुति पनि रहनेछ । कार्यक्रमबाट आम्दानी भएको रकमको लागत कटाएर नेत्रहिन महिला सघं नेपाललाई सहयोग गर्ने लक्ष्य रहेको जिसीले बताए । कार्यक्रम पोखरा सहित बुटवल, चितवन, झापा र काठमाडौंमा पनि आयोजना हुँदैछन् ।
अनमोल ईभ पोखराका व्यवस्थापक एवं स्पेक्स १४ का प्रमुख महेश्वर भण्डारीले कार्यक्रम सफल पार्न कलेज क्याम्पेन, पोखरा आसपास क्षेत्रका नगरपालिका गाउँपालिकामा सडक नाटक गरिने बताए । मुख्य प्रायोजन किङफिशरले गरेको छ ।

एक्सेस एडुकेशन, सेगा कम्प्युटर्स र टाटा नेक्जनले सह प्रायोजन गरेको छ । सहयोगी संस्थाहरुमा रोट्रयाक्ट क्लब अफ अन्नपुर्ण, ईन्फरम्याटिक्स कलेज, लायन्स क्लब अफ पोखरा ब्युटी सिटी, वि आर वान, एग्बोसा तथा न्युुक्लियस रहेका छन् ।
नेत्रहिन महिला संघ नेपालकी उपाध्यक्ष सरस्वती आचार्यले आफनो संस्थालाई सहयोग गर्ने हेतुले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको खबरले आफू हर्षित रहेको बताईन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो