महेन्द्र जिसी, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडा अध्यक्ष महेन्द्र श्रेष्ठ जापानबाट फर्केर धर्नामा बसेका छन् । आफ्नो पद षड्यन्त्रपुर्वक रिक्त गराउने योजना बनाएको भन्दै पर्वत पैंयु गाउँपालिका वडा नं. ४ अध्यक्ष श्रेष्ठले गाउँपालिका उपप्रमुख जसमती गुरुङको राजिनामा माग गर्दै दुई जना लिएर धर्नामा बसेका हुन् । गुरुङ नेपाली काँग्रेसबाट निर्वाचित उपप्रमुख हुन् ।
स्थानीय तहको निर्वाचन जितेर जापान कमाउन पुगेका श्रेष्ठले पद जाने भएपछि गाउँ पालिका उपप्रमुखको राजीनामा माग्दै धर्नामा बसेको चर्चा छ । बुधबारबाटै अनिश्चिकालिन अनसन बस्ने घोषणा गरेका जनप्रतिनिधीहरुले एक दिनका लागि धर्ना बसेको र राजिनामा नआए अनिश्चितकाल सम्म अनसन बस्ने चेतावनी दिएका छन् ।
धर्नामा वडा नं ३ का अध्यक्ष बिष्णु काफ्ले, ४ का अध्यक्ष महेन्द्र श्रेष्ठ र ५ का अध्यक्ष उमाकान्त भुर्तेल बसेका छन् । अनसनलाई सामाजिक परिचालक र स्थानिय समाजसेवीहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।
नियमानुसार लगातार तीन वटा बैठकमा उपस्थित नभएमा कार्वाहीमा पर्नेछन् । गाउँपालिका उपप्रमुखको स्पष्टिकरण पछि अध्यक्ष श्रेष्ठ उपप्रमुख विरुद्ध लागेका हुन् । वडा अध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न भन्दै गाउँपालिकामा विना जानकारी जापान बस्दै आएपछि स्थानीय तहको सेवा रोकिएको गुनासो आएपछि स्पष्टिकरण मागिएको उपप्रमुख गुरुङले बताईन् ।
उनले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिन भित्र स्वयं उपस्थित भएर स्पष्टीकरण दिन पत्र पठाएकी थिइन् । उनले पत्र पठाएपछि श्रेष्ठ जापानबाट नेपाल फर्केर गाउँपालिकाको कार्यालयमा धर्नामा बसेका हुन् ।

श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, उपाध्यक्ष जसमति गुरुङलाई भित्र राखेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधीले तालाबन्दी गरेका थिए । उक्त ताला प्रहरीले फोडेर गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बाहिर निकालेको थियो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा