पोखरा । तनहुँका एक बालक काठमाण्डौ पुग्नेबित्तिकै अपहरणमा परेका छन् । आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं गएकी सीता महतका ९ वर्षीय छोरा सिजान्त महत काठमाण्डौमा झर्ने बित्तिकै हराएका हुन् ।
सोमवार बिहान काठमाडौं पुगेका बालककी आमाले गोंगबु प्रहरीमा दिएको उजुरी अनुसार तनहुँबाट काठमाडौं पुगेलगत्तै उनको छोरा ‘अपहरण’ मा परेका हुन् । तनहुँबाट सोही गाडीको एकै सीटमा बसेर काठमाण्डौ गएका दिलबहादुर कार्कीले छोरा सिजान्तलाई अपहरण गरेको भन्दै उनकी आमा सीताले प्रहरीमा जाहेरी दिएकी छन् ।
मेडिकल कलेजमा काम गर्छु भन्ने दिलबहादुर कार्कीसँग बाटोमै चिनजान भएको उनको भनाइ छ । काठमाडौंमा उत्रिएसँगै गाडीमा चिनजान भएका कार्कीलाई छोरा सिजान्त, झोला जिम्मा लगाएर शौचालय गएकी सीता फर्केर आउँदा छोरा थिएनन् ।
उनको झोला, मोबाइलसमेत लिएर कार्की त्यहाँबाट हिँडेको उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन् । प्रहरीले घटनाबारे छानबिन गरिरहेको जनाएको छ ।
यो समाचार सामाग्री लोकान्तर डटकमबाट साभार गरिएको हो ।
सम्बन्धित खबर
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
पोखरा–मुग्लिन सडक खण्डमा विजयपुर खोलासहित चार ठाउँमा पुल बनाइँदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग