पोखरा । गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहअस्तित्व र सामाजिक न्यायका लागि अब महिलाहरु नेतृत्व क्षमता सहित बाहिर आउनु पर्ने बताएकी छन् ।
महिलाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकास गर्न सर्वसुलभ सप्लायर्सद्वारा आयोजित २ दिने उद्घोषण तालिम समापन कार्यक्रम बोल्दै उनले पछिल्लो समय महिलाहरु विभिन्न क्षेत्रमा अग्रसर भैरहेको र अझै महिला मैत्री वातावरणको जरुरी रहेको बताईन। उनले तालीमले महिलाहरुमा विषयगत ज्ञान प्रदान गर्ने र आत्मविश्वास बढाउने धारणा राखिन ।
वडा न ४ का अध्यक्ष शङकर वास्तोलाले महिला ससक्तीकरणका लागि यस्ता तालीम उपयुुक्त हुने धारणा राखे । उनले वडामा महिलालागि बिनियोजित रकम महिलाको समग्र विकासकालागि वडा सधै सहकार्य गरेर अघि बढने तयार रहेकोे बताए ।

पोखरा उद्योग बाणिज्य संघका कार्य समिति सदस्य महिला उधमी गिता तिवारीले हरेक क्षेत्रमा महिलाहरु आफ्नो अधिकार प्रति सचेत हुँदै नेतृत्व बिकास क्षमताका साथ अघि बढन जरुरी रहेको बताईन ।
सहभागीको तर्फ बाट कल्पना पोख्रेल र सावित्री क्षेत्रीले तालिम प्राप्त गरे पछि तालिम सञ्चालन कसरी गर्ने भाषण कसरी गर्ने भन्ने सैद्धान्तिक र ब्यवहारीक ज्ञान हासिल गर्न सफल भएको धारणा राखे ।
संचारीका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले उद्धोषण र भाषणकलाको बारेमा प्रशिक्षण दिएकि थिइन ।
सोही अवसरमा सर्वसुलभ सप्लायर्सका प्रोपाइटर गंगा थापाले बुढानिलकन्ठ मन्दीर संरक्षणको लागि समितिका अध्यक्ष श्याम बहादुर कोइरालालाई एक लाख एक हजार एक सय एघार १,११,१११ रकम हस्तान्तरण गरेकी थिईन । सो कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा न ४ का ३० जना महिलाहरु सहभागिता रहेको थियो । गंगा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जनहित महिला समुहका सचिब सावित्री क्षेत्री ले गरेकी थिइन् भने संचालन संचारकर्मी कन्चन थापाले गरेकी थिईन ।
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए