म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङका ८ बर्षिय नगिन विकको आँखाको बाहिरी भागमा मासु पलाएपछि उपचारमा समस्या भएको छ ।
स्थानीय लमसुङ माविको कक्षा ३ मा अध्ययनरत विकको गत बैशाखदेखि दाइनेतर्फको आखाँको बाहिरी भागमा मासु पलाएको थियो । सुरुमा सामान्य सुनिएपनि क्रमिक रुपमा त्यो मासु पलाउँदै गएर आँखा नै ढाकिएपछि अहिले उनका घरपरिवारले विभिन्न अस्पतालहरुमा उपचारको लागि भौतारिएका छन् ।
कान्छो छोरा नगिनको आँखामा समस्या आएपछि पोखरा र काठमाण्डौका अस्पतालमा समेत पु¥याईएपनि अहिलेसम्म उपचार हुन नसकेको उनकी आमा उदीमायाँले बताइन् । सल्यक्रिया सहित उपचार गर्नुपर्ने र खर्च समेत धेरै लाग्ने डाक्टरहरुले सल्लाह दिएको कारण आफुहरु आर्थिक स्रोत जुटाउन समस्या भएको उनको भनाई छ ।
अहिले उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचारको लागि पु¥याइएको विकका काका जीत बहादुर विकले बताउनुभयो ।
यसैबीच, विकको घरपरिवारको आर्थिक अबस्था कमजोर रहेको कारण उपचारमा सहयोग गर्न धौलागिरि गाउँपालिकाले सबैलाई आह्वान समेत गरेको छ ।

उपचारमा सहयोगका लागि: उदीमाया विक ९८०६१२६९३६
[उपचारमा साथ दिने सहयोगी मनहरुले गण्डक न्युजको अफिसियल फेसबुक पेजमा म्यासेज गर्नुहोला । यो अभियानमा साथ दिन हामी तयार छौं ।: सं.]
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’