तनहुँ । नेत्र विक्रम चन्द विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीले आज मंगलबार नेपाल बन्दको घोषणा गरेको हो । गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो । बन्दले तनहुँको जनजीवन सामान्य प्रभावित भएको थियो । मंगलबार सडकमा निजी तथा सार्वजनिक यातायातका साधन अन्य दिन भन्दा कम गुडिरहेका थिए । त्यस्तै सदरमुकाम दमौलीका बिहानी कलेज र दिउसो विद्यालयमा पढाइ भएको थियो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दका क्रममा तनहुँमा एक ठाउँमा विस्फोटक पदार्थ विस्फोट र अर्को ठाउँमा नक्कली प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान ९ बजेको समयमा व्यास ११ स्थित छिर्कने नजिक विस्फोटक पदार्थ विस्फोट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विस्फोटबाट कुनैपनि क्षति नभएको प्रहरी जनाएको छ । त्यसैगरी दमौली-पोखरा सडक खण्ड अन्तरगत म्याग्दे गाउँपालिकाको बडहरे स्थित पृथ्वीराजमार्गमा नक्कली प्रेस कुकर बम भेटिएको छ ।

तनहुँको दमौली बजार
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई जना व्यक्तिले उक्त बम राजमार्गमा छाडेर गएका थिए । राजमार्गमा प्रेसर कुकुर बम छाडिएको जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थलमा खटिएको थियो । उक्त प्रेसरकुकर बम नक्कली भएको तनहुँ प्रहरी जनाएको छ । प्रेसर कुकर भित्र माटो राखेर भयभित बनाइएको समेत प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ भयभित पार्ने राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख शिद्धि विक्रम शाहले बताए ।
बन्द अवधिभर जिल्लामा कुनै अप्रिय घटना नभएको समेत प्रहरी प्रमुख शाहले जानकारी दिए । बन्दको सामान्य असर रहेको तनहुँको दमौली बजार भने सुनसान रहेको थियो । नक्कली प्रेसरकुकर बम र विस्फोटक पदार्थ विस्फोटको भएको विषयमा अनुसन्धान भैरहेको तनहुँका प्रहरी प्रमुख शिद्धि विक्रम शाहले जानकारी दिए । फोटो : विकास खनाल
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’