तनहुँ । बस र ट्रक एकआपसमा ठोक्किँदा तनहुँको बेलभञ्ज्याङमा १६ जना घाइते भएका छन् । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ५४९१ नम्बरको बस र रौतहट बाट पोखरा आउदै गरेको ना ६ ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको बन्दीपुर गाउपलिका वडा नम्बर १ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।
गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घाइते हुनेमा खोटाङको इन्द्रेणीपोखरी गाउपालिका वडा नम्बर ९ बस्ने वर्ष ३५ को सुवास राई, व्यास नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष १६ की सोनु दरै, व्यास नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष १४ की ड्रिमा दाहाल, लमजुङको मर्स्याङ्दी गाउपालिका वडा नम्बर ३ बस्ने वर्ष १६ की अमृता गुरुङ र बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २४ की भृकुटी कुवर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार पछी घर फर्किसकेको प्रहरीले जनाएको छ । ट्रक चालक भने फरार रहेको छ । चालकको खोजि कार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण