लमजुङ :शव फेला
मिति २०७५।०४।३० गते अंन्दाजी ११.१५ बजेको समयमा लमजुङको राईनस नगरपालिका ९ र १० को बिचमा कोत्रेनि स्थित सालघारी जंगलमा अपरिचित व्यक्तिको शव छ भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटी गई सोधपुछ गर्दा उक्त शव लमजुङको राईनास नगरपालिका १० घर भएको वर्ष अन्दाजी २५/२६ को प्रेम बि.क.को रहेको र शव सडेको अवस्थामा फेला परेकोले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पर्वत : भिरबाट लडी मृत्यु
मिति २०७५।०४।३० गते अन्दाजी १३:३० बजेको समयमा पर्वतको फलेबास नगरपालिका १ कार्कीनेटा पारी चौर बस्ने वर्ष अन्दाजी ४५/५० को तुलराम घर्ती सोहि ठाउँ स्थित ठुलोझैरीया भिर बाट अन्दाजी ४०० मिटर तल खसी मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटी गई थप अनुसन्धान भईरहेको छ ।
तनहुँ : सवारी दुर्घटनामा १६ जना घाईते
मिति २०७५।०४।३० गते पृथ्विराजमार्ग स्थित तनहुँको ब्यास नगरपालिका -१२ ना ४ ख ५४९१ नं. को बस र ना ६ ख ३२९३ नं. को ट्रक ठक्कर खादा बस चालक सहित बसमा सवार १६ जना मानिसहरु घाइते भएकोमा ११ जना सामान्य रहेको र गम्भिर घाईते ५ जनालाई मणिपाल अस्पताल पोखरा पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई ट्रक चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
बागलुङ : घर भत्किदा ३ जना बेपत्ता
मिति २०७५।०४।२९ गते राती परेको अविरल बर्षाको कारण ३० गते बिहान अन्दाजी ०६:०० बजेको समयमा जिल्ला बागलुङ, निसीखोला ३ धुर्सौला बस्ने मान बहादुर शाहीको घर भत्किदा ऊक्त घरमा बसोवास गर्ने ३ जना सदस्य सम्पर्कमा नरहेकोले घर भित्र पुरिएको हुन सक्ने भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली त्यस तर्फ खटिई गई हेर्दा उक्त घरमा ४ जनाको परिवार रहेकोमा प्रहरी र स्थानिय मानिसहरूले खोजतलास गर्दा वर्ष ६५ कि धन कुमारी शाही उनकि बुहारी वर्ष ३५ कि डल्ली शाही मृत अवस्थामा फेला परेका छन् । हजुरबुवा र नाति शकुसल रहेका छन ।
म्याग्दी : कालिगण्डकी नदीले स्कुल बगाएको
मिति २०७५/०४/३० गते बिहान अन्दाजी ०४:०० बजेको समयमा राति देखि परेको अबिरल बर्षातको कारण जिल्ला म्याग्दी अन्नपुर्ण गाउँपालिका वडा नम्बर ०४ नारच्याङ कोप्चेपानीमा कालिगण्डकी नदी देखि अन्दाजी १०० मिटरको दुरीमा रहेको ढुङगा माटोले बनेको,जस्ताको छानो भएको ३ कक्षा सम्म पढाई हुने ६ वटा कोठा भएको धवलागिरी आधारभुत बिधालयको भवनमा कालिगण्डकी नदीको पानिको बहाब बढी कटान गरी बिधालयको कार्यालय तथा कक्षाकोठा पुर्ण रुपमा बगाई लगेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटीई गएको छ ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त