लमजुङ । लमजुङमा ‘मिस्टर एण्ड मिस लमजुङ’ हुने भएको छ । न्यू क्रियशन इभेन्ट म्यानेजमेन्ट तनहुँ र लमजुङ जेसिज बर्ष २०१८ को संयुक्त आयोजनामा बेसीशहरमा ‘मिस्टर एण्ड मिस लमजुङ २०१८’ हुन लागेको हो । पत्रकार भेटघाटमार्फत यस ईभेन्टबारे जानकारी गराईएको हो ।
‘जिल्लामा सौन्दर्य प्रतियोगिता त भईरहेका छन् नै । तर युवायुवती दुवैलाई संगै राखेर पहिलो पटक मिस्टर एण्ड मिस लमजुङ सौन्दर्य प्रतियोगिताको आयोजना गर्न लागेका छौँ,’ न्यूृ क्रियशन इभेन्ट म्यानेजमेन्ट तनहुँकी अध्यक्ष पवित्रा थापाले बताइन । आयोजकका अनुसार युवामा लुकेर रहेको प्रतिभा प्रष्फुटनको लागि ‘मिस्टर एण्ड मिस लमजुङ २०१८’ राम्रो ‘प्लेटफर्म’ बन्नेछ । व्यक्ति सुन्दर देखिनका लागि आवश्यक पर्ने सबै कुराहरु ईभेन्टमा सिकाईने लमजुङ जेसिज बर्ष २०१८ का अध्यक्ष अनुज अधिकारीले बताए ।
उनका अनुसार प्रतियोगिहरुलाई २५ दिनको तालिम प्रदान गरिने छ । तालिममा सिकेका कुरालाई उनीहरुले इभेन्ट मार्फत आफ्नो क्षमता प्रस्तुत गर्नेछन् । तालिममा सहभागीहरुलाई फोटो सुट, प्रोफाइल निर्माण, संस्कारसंस्कृति, मोटिभेसन, लिडरसिप, सामाजिक कार्य लगायतका विषयमा प्रशिक्षण गराईने छ । साथमा अवलोकन भ्रमण समेत गराईने छ । ‘मिस्टर एण्ड मिस लमजुङ’ का विजेतालाई नगद ५० हजार प्रदान गरिनेछ । यस्तै, फस्र्ट रनरअपलाई नगद ३० हजार, सेकेण्ड रनरअपलाई नगद १५ हजार, क्राउन, विभिन्न आकर्षक गिफ्ट ह्याम्पर र सवटाईटल अवार्ड प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि आउँदो भाद्र १ गते बेसीशहरमा अडिसन हुनेछ । अडिसनमा उत्तिर्ण भएकाहरुलाई भाद्र २ गतेबाट तालिममा समावेश गराईने छ । प्रतियोगितामा सहभागी हुन चाहनेहरुले लमजुङ डान्स स्टुडियो हाइस्कुल चोकबाट फारम भर्न सक्ने छन् । फारम शुल्क पाँच सय र तालिम शुल्क १० हजार लाग्ने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?