तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ७ स्थित गत २०७४ भाद्र १६ गते राति सोहि स्थान बस्ने बर्ष २५ को चुन बहादुर गुरुङ, बर्ष ३० को चिमानसिंह गुरुङ र बर्ष २९ को बिजय क्षेत्रीलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई फरार रहेको प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय तनहुले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ब्यास नगरपालिका साबिक वडा नं. ११ हालको वडा नं. ४ बस्ने बर्ष विशाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख शिद्धी बिक्रम शाह बताए । उक्त घटनामा सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ समेतको समुहले ज्यान मर्ने प्रयास गरेका थिए । घटनामा तुलसा गुरुङको जाहेरीले बादी नेपाल सरकार र प्रतिबादी सोम बहादुर गुरुङ भन्ने अजय गुरुङ लाइ ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिबादी बिशाल श्रेष्ठलाई विहिबार ११ महिना पछी तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठलाई ब्यास नगरपालिका वडा नं. ४ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरी आबश्यक कार्बाहीको लागि जिल्ला अदातल तनहुँमा पेश गरिएकोमा अदातलबाट काम नभ्याईएकोले फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्