तनहुँ । तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर १ तल्लो गुणादीमा शुक्रबार देखि फ्रेन्डसिप युवा क्लवको आयोजनामा प्रथम फ्रेन्डसिप कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । क्लवका अध्यक्ष दुर्गाराज थापा मगरको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका थिए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए ।
‘लागू पदार्थ जुवा तास मुक्त गराउने अभियान” भन्ने नारा सहित शुक्रबार बाट सुरु भएको प्रतियोगिता जनैपुर्णिमा सम्म तल्लो गुणादी स्थित खेल मैदानमा संचालन हुने क्लबका अध्यक्ष दुर्गाराज थापाले जानकारी दिए । ‘युवा जगतमा खेलप्रति रुचि राख्ने र स्वास्थ्य सबल बनाउनको लागि आयोजना गरेका हौं क्लव थापाले भने,–‘युवाहरुमा हुने विकृति विसंगति हटाई भावनामत्क सम्बन्धलाई पनि नजिक बनाउने विश्वास गरेका छौं ।’
प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार ७ सय ५० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ३५ हजार ३ सय ५० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमले नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । क्वाटरफाइनल पछाडिका प्रत्येक खेलमा म्यान अफ ड म्याच प्रदान गरिने क्लवका अध्यक्ष दुर्गा राज थापा मगरले जानकारी दिए । साथै प्रतियोगितामा ३० समुहको सहभागिता रहेको मगरले बताए ।

जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव,परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । शुक्रबार आयोजक फ्रेन्डसिप युवा क्लव र व्यास युवा क्लब विच भएको खेलमा ४-० गोल अन्तरले आयोजक विजयी भएको छ । उक्त खेलमा क्लवका अध्यक्ष दुर्गाराज थापा मगरले ३ गोल हानेका थिए ।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा पनि लोकतान्त्रिक युवा कामदार क्लबलाई १ का विरुद्ध २ गोल हानि आयोजक फ्रेन्डसीप युवा क्लब विजयी भएको छ । शुक्रबार बाट सुरु भएको प्रतियोगिता भाद्र १० गते सम्म हुनेछ । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत क्लबका उपाध्यक्ष खिम बहादुर थापाले गरेका थिए । फोटो : विकास खनाल

सम्बन्धित खबर
स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर