गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । गैरआवासिय नेपाली संघको निमन्त्रणामा युरोप पुगेका गायक नविन पौडेलले युरोपको लक्जेम्बर्गमा आयोजित गैर आवासीय नेपाली संघको एघारौं युरोपियन सम्मेलनमा उपस्थित विश्व भरिका एनआरएनहरु लाइ छमछमी नचाएका छन। पौडेल यतिबेला युरोपका विभिन्न देशको कार्यक्रम सकेर नेपाल फर्किएका छन । सबै उमेर समुहका दर्शक श्रोताको मन जित्न सफल गायक पौडेलले युरोप मा रहेका नेपाली हरुको मन पनि जितिरहेका छन । उनका गीतले के युवायुवती के वृद्धवृद्धा सबैको प्रतिनिधित्व गरेको हुन्छ । विशेष गरी सामाजिक यथार्थता, कुरिती, कुसंस्कार एबम महिला अधिकारको पक्षमा गीत गाउने नविनले सबैको भावनामा डुबेर गीत गाउदा युरोपमा बस्ने नेपालिले अत्यन्त मन पराएको उनले बताए । नविनको प्रस्तुतिले मन नछुने सायद कमै मान्छे हुन्छन । नेपालको मेची देखि महाकालिका अधिकांस भु-भागमा पुगेर सबैको मन जितिसकेका नविन विदेशमा बस्ने नेपालिको पनि मन जितिरहेका छन । गीत सङ्गीत मार्फत सामाजिक यथार्थतालाई छर्लङ्ग पार्न सिपालु नविनको पछिल्लो गीतले बजारमा निक्कै चर्चा कमाएको छ ।
“चार बजे स्कुल बाट घरमा आइनन भनी, बस्नु पर्छ बाउआमाले औँला गनि गनि– जोगाउनै गाह्रो फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो” यो गीत युट्युबमा एक महिनामा करिब सात लाख दर्शकले हेरेका छन । यो गीत मार्फत पौडेलले विशेष गरि महिला अथवा छोरी मान्छेहरुको सामाजिक सुरक्षाको आवाज उठाएका छन । त्यसो त यसभन्दा अगाडि “पल्ला घरका जेठाजुले आइए बिए बढ्छन हाम्रा घरका नामर्दत भर्याङ चढ्दा लड्छन- के सम्झनु छर जान्न मत त्यो घर” ” ए हजुर सुन्नुभाछर” “हरेक जातजाती छौँ नानाथरी” “यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा” “दुखका दिन गए” “नया पार्टी खोल्छु” “बुलाकी झुम्काना” श्रीनगर बतासे डाडैमा लगायताका दर्जनौं गीत हरुले बजारमा अमिट छाप छोडिसकेका छन ।
युरोपका विभिन्न देशहरु लक्जेम्बर्ग, बेल्जियम, फ्रान्स, जर्मनी मा यिनै गीतहरु मार्फत भरपुर मनोरञ्जन दिएका थिए । उनले भने विदेशमा बस्ने नेपालिहरुमा कला सस्कृतीको माया र मोह अझ बढी रहेछ । यथार्थपरक एव समयसापेक्ष गीतका पर्याय नवीन यो भन्दा अघि जापान, मलेसिया, युएइ, बाङ्लादेश लगायतका देशहरुमा पुगेर त्यहा रहेका नेपालिहरुको मन जितिसकेका छन । पौडेल प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तराष्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, राष्ट्रिय लोक दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्व केन्द्रिय सदस्य हुन् ।
नविन पौडेलको “वैष आको छोरीलाई” (हेर्नुहोस भिडियो)
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’