सरला त्रिपाठी । पोखरा –४ चिप्लेढुङ्गा अवस्थित नेपाली भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा शनिवार सम्पन्न भएको छ ।
प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, नेपाली भूपू सैनिक कल्याणकारी बोर्ड इपी सेन्टर पोखरामा कार्यरत अवकास प्राप्त सेनानी यमलाल पौडेल राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रवन्धक केदारनाथ उपे्रतीले शुभकामना मन्तव्य राखेका थिए।
२०७४ सालमा एसईई परीक्षामा उत्तीर्ण शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वेदनिधि खनाल, कुशल थापा, प्रविण सुवेदी, नवीना रिमाल, एलिजा गुरुङ, अमृता पौडेल, सनिस श्रेष्ठ रहेका छन्।
त्यस्तै उत्कृष्ठ कर्जा तर्फबाट चन्द«कला घर्ती र चिजा विश्वकर्मालाई सम्मान गरिएको थियो भने उत्कृष्ठ निक्षेपकर्ता तर्फबाट उदासप्रसाद कलवार र उद्धिमबहादुर गुरुङलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा नेपाली भूपू सैनिकका परिवारका एकल महिलालाई पनि सम्मान गरेको छ। सम्मानित हुनेमा मञ्जु अधिकारी , सुनिता भट्टराई , सावित्री सुवेदी , दुर्गा नेपाल सुवेदी , जमुना भण्डारी , हरिकला कुँवर , शान्ति भण्डारी , निरु खत्री , दुर्गादेवी थापा , कल्पनाकुमारी पौडेल , सावित्रा पौडेल , मीठूमाया गुरुङ , प्रभा ढकाल , र चिजा विश्वकर्मा रहेका छन्।
त्यस्तै वयवृद्ध वृद्धाको तर्फबाट थमबहादुर गुरुङलाई सम्मान गरिएको थियो संस्थाको अध्यक्षको वार्षिक प्रतिवेदन अध्यक्ष अवकास प्राप्त प्रमुख सेनानी उद्धिम बहादुर गुरुङले ,सचिवको प्रतिवेदन संस्थाका सचिव मिनबहादुर बस्याल र लेखा परीक्षणको प्रतिवेदन कोषाध्यक्ष दुर्गा नेपाल सुवेदीले प्रस्तुत र पारित गरेको छ।
संस्थाका अध्यक्ष अवकास प्राप्त सेनानी उद्धिम बहादुर गुरुङको अध्यक्षताका भएको कार्यक्रमको स्वागत कर्जा असुली तथा नीति निर्माण उप समितिका संयोजक अवकास प्राप्त सेनानी झुमप्रसाद शर्मा दाहाल र सञ्चालन सचिव मिनबहादुर बस्यालले गरेका थिए।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला