तनहुँ । तनहुँ राइजिङ स्टार डान्स स्कुलले ल्याएको र्यापर भिटेनको ‘कथा’ गितको नयाँ कभर भिडियो अहिले चर्चामा रहेको छ । तनहुँ राइजिङ स्टार डान्स स्कुलले नयाँ कभर भिडियो शनिबार सार्वजनिक गरेको हो । ‘तनहुँ राइजिङ स्टार डान्स स्कुलले छाया मल्टिमिडिया संगको सहकार्यमा बजारमा ल्याएको यस कभर भिडियोलाई तनहुँको म्याग्दे ओटाङदिमा छायांकन गरिएको हो । उक्त भिडियोको कोरियोग्राफि तथा निर्देशन किरण थापाले गरेका हुन् ।

भिडियोमा किरण थापा, मुना मगर, झलक तिमल्सेना, मनिष परियार, दल बहादुर थापा र मन्जिल आलेले अभिनय गरेका छन् । भिडियोको छायांकन तथा सम्पादन संजित खनालले गरेका छन् भने एनिमेसन र कलरिङ झलक तिमल्सेनाले गरेका हुन् । तनहुँ राइजिङ स्टार डान्स स्कुलले यस अगाडी पनि किरण थापाको निर्देशन मार्फत धेरै कभर म्युजिक भिडियो ल्याइसकेका छन् ।
पछिल्लो समय हिपहप शैलीबाट युट्युबमा परिचित समिर घिसिङ ‘भिटेन’ यतिबेला युवापुस्ताका माझ निकै लोकप्रिय छन् । “कथा” बोलको गीतमा वैदेशिक रोजगारीको पीडा समावेश गरिएको छ । उनलाई गीतमा गायक धर्मेन्द्र सेवानले साथ दिएका छन् । यो गीत पनि भिटेनका पछिल्ला गीतहरु झै युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल भएको थियो ।

उनका आधा दर्जन हिट गीतको भूमिका छ । ‘गरिब…’, ‘चुरोट…’, ‘बैनी…’, ‘लफंगा…’, ‘खलासी….’ ‘सिमसिमे पानिमा….’ आदि–आदि । र्याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन । केहि समय अगाडि उनले ल्याएको नयाँ गीत ‘सिमसिमे पानीमा…’ रातारात युट्युबको ट्रेन्डिङमा आयो तर गीत कपिराइटको कारण युट्युबबाट हट्यो । “सिमसिमे पानीमा” प्रयोग भएको शब्दको आलोचना खेपेका भिटेन नयाँ गीत लिएर आएका हुन् ।
हेर्नुस् कभर भिडियो :
https://youtu.be/LGdpUgBwGf4
सम्बन्धित खबर
घाँस काट्ने क्रममा करेन्ट लागेर १५ वर्षकी बालिकाको मृत्यु
तनहुँ भिमाद ६ का वडाध्यक्षका छोरालाई खोलाको ठेक्का, प्रहरीले सुरक्षा गरेपछि सियाखानीमा विरोध
तनहुँमा फेरि अर्का बालक चितुवाको शिकार बने, सावधानीको खाँचो
मर्निङ वाकमा निस्किएका तनहुँका मल्ल नदिमा मृत फेला
अष्ट्रेलियामा क्रिकेट क्लबका मालिक तनहुँका राणा एनआरएनए ओसेनियाको डेपुटी संयोजक
तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा माछापुच्छ्रेका युवकको मृत्यु
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ