तनहुँ । तनहुँ राइजिङ स्टार डान्स स्कुलले ल्याएको र्यापर भिटेनको ‘कथा’ गितको नयाँ कभर भिडियो अहिले चर्चामा रहेको छ । तनहुँ राइजिङ स्टार डान्स स्कुलले नयाँ कभर भिडियो शनिबार सार्वजनिक गरेको हो । ‘तनहुँ राइजिङ स्टार डान्स स्कुलले छाया मल्टिमिडिया संगको सहकार्यमा बजारमा ल्याएको यस कभर भिडियोलाई तनहुँको म्याग्दे ओटाङदिमा छायांकन गरिएको हो । उक्त भिडियोको कोरियोग्राफि तथा निर्देशन किरण थापाले गरेका हुन् ।

भिडियोमा किरण थापा, मुना मगर, झलक तिमल्सेना, मनिष परियार, दल बहादुर थापा र मन्जिल आलेले अभिनय गरेका छन् । भिडियोको छायांकन तथा सम्पादन संजित खनालले गरेका छन् भने एनिमेसन र कलरिङ झलक तिमल्सेनाले गरेका हुन् । तनहुँ राइजिङ स्टार डान्स स्कुलले यस अगाडी पनि किरण थापाको निर्देशन मार्फत धेरै कभर म्युजिक भिडियो ल्याइसकेका छन् ।
पछिल्लो समय हिपहप शैलीबाट युट्युबमा परिचित समिर घिसिङ ‘भिटेन’ यतिबेला युवापुस्ताका माझ निकै लोकप्रिय छन् । “कथा” बोलको गीतमा वैदेशिक रोजगारीको पीडा समावेश गरिएको छ । उनलाई गीतमा गायक धर्मेन्द्र सेवानले साथ दिएका छन् । यो गीत पनि भिटेनका पछिल्ला गीतहरु झै युट्युबको ट्रेन्डिङ १ मा पर्न सफल भएको थियो ।

उनका आधा दर्जन हिट गीतको भूमिका छ । ‘गरिब…’, ‘चुरोट…’, ‘बैनी…’, ‘लफंगा…’, ‘खलासी….’ ‘सिमसिमे पानिमा….’ आदि–आदि । र्याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन । केहि समय अगाडि उनले ल्याएको नयाँ गीत ‘सिमसिमे पानीमा…’ रातारात युट्युबको ट्रेन्डिङमा आयो तर गीत कपिराइटको कारण युट्युबबाट हट्यो । “सिमसिमे पानीमा” प्रयोग भएको शब्दको आलोचना खेपेका भिटेन नयाँ गीत लिएर आएका हुन् ।
हेर्नुस् कभर भिडियो :
https://youtu.be/LGdpUgBwGf4
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’