रञ्जन अधिकारी । हरितालिका तीज २०७५ केन्द्रित गरेर सार्वजनिक भएका गीतमध्ये सर्वाधिक हेरिएको गीतको पहिलो नम्बरमा रहेको छ ’लौरी हरायो’ ।
युट्युबमा सार्वजनिक भएको ठ्याक्कै २ महिनासम्म अरूलाई उछिन्न नदिएको यस गीत आज तीजको दिन भदौ २७ सम्म ३२ लाख पटक हेरिसकिएको छ । पशुपति शर्मा, देवी घर्ती, राजु ढकाल, सुस्मिता घर्ती आफै गाएको, आफै अभिनय गरेको भएर पनि सर्वाधिक रूचिमा परेको हो । पशुपतिले २ घण्टा सिरकमुनी बसेर बनाएको गीत भन्दै ३० लाख भ्युज पुगेको अवसरमा पोष्ट नै गरे । तीजको २ दिनमै लाखौं दर्शकले लौरी हराए हेरेका छन् ।
उसो त, पशुपति र देवीको नाम जोडिएका अधिकांश तीज गीत यसरी नै सर्वाधिक रूचिमा पर्दै आएका हुन् । ’हेर्न ओई बाटुली’, ’बिहे नगर भाइ हो’, ’भुरूरू पुतली उड्यो’ गीतहरूले बजारमा धमाका गरे । चर्चित गायक पशुपति शर्मालाई श्रोता, दर्शकले तीजे गायकको पगरी भिराईसकेको उहिल्यै हो । तर, उनलाई तीजे गायक मात्र भन्दा चित्त बुझ्दैन । सार्वजनिक रूपमै भन्छन् – ‘म सबैभन्दा कम तीज गीत गाउँछु होला ।’
उनले फेसबुकमै लेखे – ‘हाेईन म तीजे गायक कसरी भएँ ? दंग पर्छु । २०६४ सालदेखि २०७५ सालसम्म जम्मा ४७ वटा तीज गीत गाएछु १२ वर्षमा’ हुनपनि पशुपतिले यस वर्ष अहिलेसम्म ५ वटा मात्र तीज गीत गाएका छन् ।
याे वर्ष ८ वटा तीज गीत गाइसकेका राजुले ९ वटा म्युजिक भिडियाे नै खेले । गायकका रूपमा चिनिएका राजुलाई कम्मर भाँच्न भ्याई नभ्याई भयाे । अर्काे वर्ष व्यस्तता झनै बढ्ने छनक देखिइसकेकाे छ ।
सदावहार चर्चित गायिका देवी घर्तीले यस वर्ष मात्र झण्डै दुई दर्जन तीज गीतमा स्वर दिईन् । गीत गाउन थालेदेखि अरू गायिका जस्ताे कहिलै अाेझेल नपरी एकनासले निरन्तर अाफ्नाे गायन यात्रा अघि बढाउन सफल गायिका देवीले ८ हजार बढी गीतमा स्वर भरिसकेकी छिन् ।
नवगायिका सुस्मिता घर्तीले दर्जन बढी गीत गाईसकिन् । दिदीकाे बिँडाे थाम्न सक्ने लक्षण यसै ‘लाैरी हरायाे’ गीतबाटै पुष्टि हुन्छ । देवीकै गायनकाे छनक सुस्मितामा मिल्छ ।
यस वर्षकाे सयाैं तीज गीत मध्ये २ महिनासम्म पहिलाे नम्बर क्याप्चर गरेकाे गीत हाे ‘लाैरी हरायाे’ ।
जसकाे लय र शब्द गायक शर्माकै हाे । दुर्गा पाैडेलले भिडियाेकाे निर्देशन मात्र हैन, उनी अाफैले खिचेका हुन् । गीतकाे एरेञ्ज कृष्ण बिकले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरे । यसकाे काेरियाेग्राफर विजय बुढा मगर हुन् । एकता फिल्मस् प्रालिकाे उत्पादन रहेकाे भिडियाे ‘देवी घर्ती राजु ढकाल’ अाफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे ।
अद्यावधिक गरिएको भदौ २७, २०७५
सम्बन्धित खबर
बरञ्जाबाट बेनी छुटेको जीप दुर्घटना, चालकसहित ५ जना घाइते
पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी
बागलुङमा कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा
पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा
युनाइटेड क्लबद्वारा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका