पोखरा । पोखरामा हवाई मार्गबाट आउने पर्यटकको संख्या बढ्दै गएको पोखरा विमानस्थलको तथ्यांकले देखाएको छ । बितेको आर्थिक वर्षभन्दा २०७४/७५ मा ३२ प्रतिशतले पर्यटक बढेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागार्इंले जानकारी दिए ।
उनले अघिल्लो वर्षभन्दा १ लाख ४१ हजार ६ सय ७१ जना पर्यटक बढी आएको जानकारी दिए । ‘नेपाली मात्रै हैन, विदेशी पर्यटक पनि बढेका छन्’, उनले भने, ‘२०७३/७४ मा विदेशी पर्यटक १ लाख ३९ हजार ४ सय ७७ जना आएका थिए, २०७४/७५ मा १ लाख ७५ हजार २४ जना पर्यटकले विमान प्रयोग गरे ।’
उनले आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ११ हजार ५ सय ३६ जनाले हवाईमार्ग प्रयोग गरेकोमा २०७४/७५ मा ५ लाख ५३ हजार २ सय ७ जना हवाईमार्गबाट आवतजावत गरेको बताए । पोखरामा विमानस्थलमा पछिल्लो आर्थिक वर्षको एक वर्षमा २ लाख ७० हजार २ सय ३० जना हवाईमार्गबाट पोखरा प्रवेश गरेका छन् भने २ लाख ८२ हजार ९ सय ७७ जना पोखराबाट बाहिरिएका छन् ।
विमानस्थलको आम्दानी पनि ३४ प्रतिशतले बढेको उनले बताए । अघिल्लो आर्थिक वर्षभन्दा २ करोड २३ लाख आम्दानी बढेको जानकारी उनले दिए । आर्थिक वर्ष २०७३/७४ मा ६ करोड ९४ लाख ३० हजार आम्दानी भएको थियो भने २०७४/७५ मा ९ करोड १७ लाख ३० आम्दानी गरेको बताए ।
पोखरा विमानस्थलले यात्रु सेवा शुल्क, जहाज आवतरण, ह्यांगर, घरभाडा लगायत शीर्षकबाट आम्दानी गर्छ । पोखराबाट दैनिक पोखरा काठमाडौं, पोखरा भैरहवा, पोखरा चितवन र पोखरा जोमसोम सिधा उडान हँुदै आएको छ । बुद्ध एयर, यती एयरलायन्स, सिम्रिक एयर, नेपाल एयरलायन्स, तारा एयरलायन्स लगायतले दैनिक करिब २० उडान भर्छन् ।
थपिँदै उडान
पोखरामा पर्यटकीय सिजन सुरु हुने हुनै लाग्दा एयर लाइन्सहरुले फ्लाइट संख्या बढाउने तयारी थालेका छन् । पोखरा काठमाडौं रुटमा बुद्ध एयरले भदौ दोस्रो सातापछि दैनिक १४ फ्लाइट तयारी गरेको बुद्ध एयरका पोखराका प्रमुख गौतम बरालले जानकारी दिए ।
‘अहिले दैनिक ८ फ्लाइट छ,’ उनले भने ‘पर्यटकीय सिजनमा अग्रिम ५० प्रतिशतभन्दा बढी बुकिङ आइसकेको छ, त्यसैले दैनिक १२/१४ फ्लाइटको तयारी गरिरहेका छौं ।’ उनले आइतबारदेखि पोखरामा नै राति पनि जहाज राखेर बिहान ७ बजे नै फ्लाइट गर्ने तयारी गरेको बताए ।
यती एयरलाइन्सले पनि १२/१३ फ्लाइइटको तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागार्इंले जानकारी दिए ।
सिम्रिक एयरलाइन्सका पोखरामा प्रमुख विकास बरालले पर्यटकीय सिजनका लागि ५ फ्लाइट थप पर्ने बताए । ‘अहिले २ फ्लाइट हुदै आएको छ,’ उनले भने ‘सिजनको बेला ५/ ६ फ्लाइट उठान गर्ने छौ ।’
मकालु एयरले पनि पोखराबाट चार्टर फ्लाइट गर्ने तयारी गरेको छ । श्रीएयर लाइन्स पनि पोखराबाट उडानका लागि तयारी गर्दै गरेको उनको भनाइ छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’