नेवा तजिलजि पुचको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कुशल श्रेष्ठ

नेवा तजिलजि पुचको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कुशल श्रेष्ठ

Tajilji

तनहुँ । नेवा तजिलजि पुचको दोस्रो अधिवेशन शुक्रबार दमौलीमा सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट कुशल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा अनु श्रेष्ठ, सचिवमा सुन्दर लाल मुल, कोषाध्यक्षमा शुष्मा श्रेष्ठ, सह-सचिवमा सुदिप श्रेष्ठ, सास्कृतिक संयोजकमा ओम प्रकाश श्रेष्ठ त्यस्तैगरि सदस्यहरुमा प्रविन श्रेष्ठ, अमन श्रेष्ठ, धन नारायण श्रेष्ठ, बृषा श्रेष्ठ, प्रेरणा श्रेष्ठ चयन गरेको छ ।
तजिलजिका अध्यक्ष संगम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि तनहुँ सिंह धर्म गुठिका नाय बखत नारायण श्रेष्ठ रहेका थिए । प्रमुख अतिथि श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सम्पुर्ण नेवारहरु एक हुनु पर्ने र आफ्नो सस्कृती जगेर्ना गर्न तर्फ लाग्नुपर्ने बताए । श्रेष्ठले आफ्नो सस्कृती नयाँ पुस्ता लाई हस्तान्तरण गरि बचाउन कार्यक्रममा सबै लाई अनुरोध समेत गरेका थिए । कार्यक्रममा वर्षभरि गरिएका कार्यक्रम र आर्थिक विवरण समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेवा देडाबुका केन्द्रीय उपाध्यक्ष शंकर नारायण श्रेष्ठले सबै नेवारहरु भावनात्मक रुपमा एक हुनुपर्ने बताए । नेवा सस्कृती अब नयाँ पुस्ता लाई सिकाउदै हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो । वडा-वडामा सास्कृतिक समितिको गठन गरि सस्कृती जुगाउन अघि बढ्नुपर्ने बताए । दमौलीमा व्यापार बढाउन उद्योग वाणिज्य संघले नेवाको सस्कृतीमा सहयोग गर्नुपर्ने बताए । नेवार समुदायको लाखे नाच, लोपोन्मुख बाघ नाच, मन्जुश्री नृत्य आदिमा विशेष सहयोग गरि सस्कृती जगेर्ना गर्न तर्फ ध्यान दिनुपर्ने उनले बताए ।

त्यस्तै कार्यक्रममा तजिलजिका सस्थापक अध्यक्ष प्रकाश श्रेष्ठले अहिलेका नयाँ पुस्तालाई नेवारि भाषा सिकाउनु पर्ने बताए । यसका लागी अग्रजहरुले विशेष सहयोग गर्नुपर्ने समेत उनले बताए । कार्यक्रममा व्यास नगरपालिकाका पुर्व मेयर तारा प्रसाद श्रेष्ठ, क्या. सन्तलाल श्रेष्ठ लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए । तनहुँका विभिन्न नेवा गुठिका नायहरुको उपस्थिति रहेको थियो ।

“अमुल्य भाषा संस्कृतिको संरक्षण, सम्वर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गरौं” भन्ने मुल नारा रहेको छ । कार्यक्रममा पुर्व अध्यक्ष संगम श्रेष्ठले आफ्नो कार्यकालमा २५ वर्ष पछि दमौलीमा बाघ नाच निकालेको, वरिष्ठ गायक प्रेम राजा महत लाई दमौलीमा ल्याउन सफल भएको, मन्जुश्री नृत्य लाई जगेर्ना गरेको बताए ।

उनले अब आउने नयाँ नेतृत्व लाई अझै राम्रो र नयाँ कार्य गर्न समेत शुभकामना दिएका थिए । सबैको साथले गर्दा आफ्नो २ वर्षे कार्यकाल सफल भएको भन्दै सबै लाई धन्यवाद समेत ज्ञापन गरेका थिए । कार्यक्रमको स्वागत तजिलजि पुचका सदस्य कुशल श्रेष्ठले र संचालन तजिलजिका सदस्य सुन्दर लाल मुलले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ