मोवाईल सेट गायब पारेको आरोपमा छात्रा मधु माथि कुटपिट

मोवाईल सेट गायब पारेको आरोपमा छात्रा मधु माथि कुटपिट

balika pis

सुन्दरकुमार थकाली
मुस्ताङ,११ भदौ ।
जनआर्दश माध्यमिक बिद्यालय कोवाङकी १४ वर्षिया दलित छात्रा मधु परियारलाई मोवाईल गायब पारेको आरोपमा छात्राबास कक्षाकोठामै निर्घात कुटपिट गरिएको छ ।

सो बिद्यालयका शिक्षक–शिक्षिका प्रकास भारती,प्रकास सुवेदी र प्रतिमा वान्तवा मिलेर शनिबार साँझ उनलाई मानसिक यातना सहित निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएको छ । पीडित वालिकाले पनि आफुलाई मोवाईल गायव पारेको भन्दै मानसिक यातना सहित कुटपिट गरेको प्रहरी समक्ष बताएकी छिन् ।जिल्लाकै एकमात्र नमुना कृषि प्राविधिक बिद्यालयका रुपमा स्थापित जनआदर्श माध्यमिक बिद्यालयमा विद्यार्थीलाई लक्ष गरेर छात्राबासको समेत व्यवस्था गरिएको छ ।बिद्यालय प्रशासनले छात्राबास ईन्चार्जको स्वीकृतीमा हरेक शुक्रबार अनुकुल समय मिलाएर विद्यार्थीलाई घरमा जाने बिदा दिने गरिएको छ ।गतः शुक्रबार पीडित बालिका मधु सहित छात्राबासका उनका केही साथीहरुले घर जाने योजना बनाए ।छात्रावासले शैक्षिक पठन पाठनको समयमा बिद्यार्थीले प्रयोग गर्ने संंञ्चार सेट मोवाईल छात्राबासलाई बुझाउनु पथ्र्यो ।शुक्रबार पीडित मधुले घर जानु प¥यो सर मोवाईल दिनुस् भनेर मागिन् ।उनले आफ्नो मोवाईल सेट बुझ्दा छात्राबासका शिक्षक–शिक्षिका भएको खुलाईन् ।त्यसपछि उनका अरु साथीहरुले पनि मोवाईल बुझेर घर गए ।


पीडित छात्रा मधु सहित घर गएका उनका साथीहरु भोलीपल्ट शनिवार साँझ छात्राबास फर्किए ।उनी संगै घर गएका साथिहरु मध्ये एक जना बिद्यार्थीको मावाईल सेट हराएको रहेछ ।मोवाईल पक्कै मधुलेनै लगेको हुनुपर्छ भन्ने छात्राबासका शिक्षकहरुले लख काँटे ।त्यसपछि उनी संग शिक्षक शिक्षिकाहरुले मधु माथि केरकार गर्न थाले ।यसबारेमा शिक्षक शिक्षिकाहरुले अभिभावकलाई समेत खबर गरे ।शिक्षकहरुले मधुका बुबा मंगल परिवारलाई बिद्यालयमै झिकाए ।तर मधुले आफुले मोवाईल नलगेको अडान लिईन् ।मधुका बुबा शिक्षकहरुको सोधपुछपछि घर फर्किए ।
बुबा फर्किएपछि कुटपिटः
बिद्यालयबाट मधुका बुबा घर फर्किए लगत्तै ग्रल्र्स छात्राबास भवनमा ढोका बन्द गरेर उनी माथि शिक्षक भारती,सुवेदी र शिक्षिका वान्तवाले मिलेर मोवाईल गायब पारेको भन्दै नियालोको लौरोले टाउँको र साप्रामा निर्घात कुटपिट गरेको छात्रा मधुले बताईन् ।छात्राबासमा अध्ययनरत दलित छात्रा मधु माथि कुटपिट भएपछि प्रहरी चौकी कोवाङले उक्त घटनालाई जिल्ला प्रहरी कार्यालयमा फरवार्ड ग¥यो । कुटपिटबाट घाईते बनेकी मधुलाई उपचारका जिल्ला अस्पताल जोमसोममा भर्ना गरिएको छ ।
सोमबार बिद्यालय व्यवस्थापन समिति, बिद्यालय परिवार र पीडित पक्षबीच घटनाबारे जिल्ला प्रहरी कार्यालय जोमसोममा छलफल भएको छ ।मधु कुटपिटका आरोपी तीन शिक्षकहरुले प्रहरी समक्ष गल्ती गरेको स्वीकार गरेका छन् ।घटनापछि बिद्यालयका प्रधानाध्यापक टिकाराम शर्माले आरोपी शिक्षक शिक्षिकाहरुले गल्ती गरेकोमा दुख व्यक्त गरे ।उनले उक्त घटना हुदा आफु जिल्ला बाहिर भएकाले यसबारे अनबिज्ञ रहेको बताए ।उनले तीन जना शिक्षकहरुको गल्तीले बिद्यालयको शैक्षिक भविष्य माथि प्रश्नचिन्ह उठेको बताउदै पीडित पक्षलाई बिद्यालयको साख जोगाईदिन आग्रह गरे ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडलले छात्राबास बसेर पढ्ने बालिका माथि कुटपिटको घटनाले दुखी तुल्याएको बताए ।उनले वालवालिका माथि भएको यसप्रकारको हर्कतले शैक्षिक क्षेत्र माथिनै प्रश्न उठ्न सक्ने बताउँदै दोषीलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउन कन्जुस्याई नगर्ने उल्लेख गरे ।
पीडित पक्षको वकालत गर्दे मुस्ताङ दलित एकता संञ्जालका अध्यक्ष बुद्धिसिह नेपालीले दलित छात्रा माथिको शारिरीक कुटपिटको घटना निन्दनीय रहेको उल्लेख गर्दे दोषी माथि कारवाही प्रक्रिया अघि बढाउन अनुरोध गरे ।यस्तै,अन्तरपार्टी महिला संञ्जालकी अध्यक्ष सुनदेवी रसाईलीले तीन जना शिक्षिक शिक्षिका मिलेर छात्रावास भित्रै बिद्यार्थी माथि कुटपिटको घटनाले बिद्यालयकै शैक्षिक पठन–पाठन र विश्वसनीयतामा प्रश्न उठेको जीकिर गरिन् ।उनले घटनाका आरोपी शिक्षक शिक्षिकाहरुलाई कानुन बमोजिमको कारवाही गर्न जोडदार माग गरेकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ