जुवातासको खालमा ४ लाख ८७ हजार बरामद

जुवातासको खालमा ४ लाख ८७ हजार बरामद

index

सुन्दरकुमार थकाली, मुस्ताङ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले जुवातास खेल्दै गरेको खालबाट बुधबार राति करिव ४ लाख ८७ हजार रुपैया नगद बरामद गरेको जनाएको छ ।

घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्याङमा स्थानीय गाउँ समाजले आसन्न थाकखेलकुद प्रतियोगिताको अर्थ संङ्कलनका लागि भनेर खेलाईएको जुवातासको ठुलो २ खालबाट उक्त रकम बरामत गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले जनाए । स्याङको थकाली समाजघरको भवनमा राति खेलाईएको जुवातासको खालबाट १६ जना रङ्गेहात पक्राउ परेका हुन् ।राति अबेर सम्म जुवातास खेल्दै गर्दाको अवस्थामा पक्राउ परेका उनीहरुलाई स्थानीयवासीको रोहबरमा बिहान ८ बजे जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने शर्तमा छोडिएको थियो ।प्रहरीले पक्राउ परेका १६ जनालाई बिहिबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी प्रमुख खड्काले बताए ।

प्रहरीले दिएको जानकारी अनुसार जुवातासको खालमा पक्राउ पर्नेहरुमा घरपझोङ ३ स्याङका आईतलाल थकाली,बीरप्रसाद थकाली,दिपेन्द्र थकाली र अमर थकाली छन् ।लमजुङका शङ्कर तामाङ,घरपझोङ ४ का गणेश शेरचन,ठिनी ५ का सुमन थकाली र टसी गुरुङ छन् ।त्यस्तै उक्त स्थानमा खेलाएको अर्को जुवातासको खालबाट घरपझोङ ३ स्याङका क्रमशः प्रेम थकाली, महेन्द्र्रप्रसाद थकाली,सन्तबहादुर नेपाली,मनबहादुर थकाली,टसी थकाली,फिरोज लालचन र कमल गुरुङ छन् । जुवातास खेल्दै गरेको बिशेष सुराकीका आधारमा प्रहरीले छापा मार्दा मार्फाका जेम्स हिराचन फरार भएका हुन् ।उनको खोजी भईरहेको प्रहरीले बताएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले समाजलाई बिकृति फैलाउने जस्ता अवान्छित गतिबिधिलाई प्रोत्साहन गर्न नसकिने उल्लेख गरे ।प्रजिअ पौडेलले पक्राउ परेका व्यक्तिहरुलाई जुवातास ऐन अनुसार कारवाही हुँने बताए । स्मरण रहोस् घरपझोङ ३ स्याङमा केही दिनअघि मुस्ताङ प्रहरीले नागरिक र प्रहरीबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भएपनि समाजले नै अटेर गरी जुवातास खेलाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ