अमेरिकाको टेक्सास डालस निवासी २२ बर्षीय नेपाली विद्यार्थी सुरज गमलको मृत्यु भएको छ । टेक्सासको नर्थ लेक कलेजमा अध्ययनरत सुरजको मृत्यु भएपछि शव नेपाल पठाउनका लागि नेपलिज सोसाइटी टेक्ससले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ ।
सुरज केहीदिन अगाडि अस्पतालमा अत्यन्तै गम्भीर अवस्थामा उपचार गराइरहेको खबर आएको थियो । त्यस लगत्तै उनका बाबुआमाले छोरालाई भेट्नका लागि काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा आवेदन दिएपनि आवेदन प्रकृया नसकिदै सुरजको मृत्यु भएको हो ।
नेपालको तनहु निवासी बमबहादुर गमल र माया गमलका छोरा सुरजको मृत्यु भएपछि बुबाआमा अमेरिका आउनुको साटो शव नै नेपाल पठाउन उपयुक्त ठानी शव पठाउन सहयोग संकलन भइरहेको छ । बुबाआमाको अनुरोध अनुशार नै शव नेपाल पठाउन लागिएको नेपाली समाज टेक्सासले जनाएको छ ।
सम्बन्धित खबर
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग