सरोज अर्याल, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले डोकोमा तरकारी तथा फलफूल बेच्नेसँग पनि कर उठाउन थालेको छ ।
डोकोमा सुन्तला–तरकारी बेच्नेहरुबाट १० रुपैयाँ कर लिइन्छ । गाउँपालिकाले गाडीमा राखेर खाद्यान्न, लत्ताकपडा बेच्दै हिँड्नेसँग प्रत्येकपटक १ सय रुपैयाँ लिने नीति बनाएको छ ।
स्थानीय तहले लिएको करको आलोचना भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले गण्डकी प्रदेशका केही स्थानीय तहसँग छलफल गरेको छ ।
सरकारले स्थानीय तहहरुले लिइरहेको करबारे अध्ययन गर्न संघीय मामिलाका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा कर अध्ययन समिति गठन भएको थियो । समितिका सदस्य तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्यालको नेतृत्व आएको टोलीले कास्की, तनहुँ, गोरखा, स्याङ्जा, पर्वतका स्थानीय तहका कर्मचारीलाई पोखरा डाकेर छलफल गरियो ।
स्थानीय जनप्रतिनिधिहरुमा केमा कर लगाउने, केमा नलगाउने जानकारीको अभाव देखिएको छ । प्रत्येक गाउँपालिकाका फरक–फरक कर छन् भने कतै सम्पत्ति कर अति कम त कतै गाउँपालिकामा पनि चर्को शुल्क लिइएको पाइएको छ ।
फेदीखोला गाउँपालिकाले सामान्य किसानसँग पनि कर उठाउनु नसुहाउँदो देखिएको वित्त आयोगका सहसचिव गोपीकृष्ण खनालले बताए । ‘स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिसँग समेत अनुभवको कमीले गर्दा कतै साह्रै कम त कतै अलि नसुहाउँदो कर लिइएको पाइयो,’ खनालले भने, ‘कतिपय स्थानीय तहले कानुन अध्ययन नै नगरी कर निर्धारण गरेको पाइयो ।’
स्थानीय तहले मनोरञ्जन कर पनि उठाउने र मेला महोत्सवको छुट्टै रकम पनि उठाउने गरेको पाइएको छ । जबकी प्रदेश सरकारले तोकेबमोजिम मनोरञ्जन, पर्यटन, कृषि लगायत कर उठाउनु पर्ने हो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार