गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
महेन्द्र जिसी, पर्वत । नवजात शिशु हत्या गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाकी एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवजात छोरीको हत्या आरोपमा प्रहरीले फलेवास नगरपालिका १० कुर्घाकी १७ वर्षीया किशोरीलाई घरबाटै पक्राउ गरेको हो । गएको भदौ १८ गते कुर्घा फाँटको कुलोमा नवजात शिशुको शव बगिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
लगत्तै घटनास्थलमा पुगेको प्रहरी चौकी फलेवाससहित जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा आमाले नै छोरीको हत्या गरेर कुलोमा फालेको भन्ने खुलेका कारण नाम उल्लेख नगरिएकी ती युवतीलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
युवतीलाई जिल्ला अदालत पर्वतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पानीले धान भिज्यो, उत्पादन घट्ने
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
भीरकोटमा वृहत् योग शिविर हुने
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन