नेगम परियार, मनाङ । मनाङ जिल्लामा आँखा सम्बन्धी समस्या भएका विरामीलाई लक्षित गर्दै निःशुल्क आखाँ शिविर हुने भएको छ । सो अवसरमा आँखाको निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाइएको छ ।
तिलगंगा आखाँ प्रतिष्ठान, काठमाडौँ, सामुदायिक आखाँ केन्द्र चामे मनाङ र जिल्ला अस्पताल मनाङको संयुक्त आयोजनामा यही असोज ७ र ८ गते निशुल्क आखाँको चेक जाँच तथा आखाँमा मासु पलाएको, मोतिबिन्दु भएकाहरुलाई निःशुल्क उपचार तथा अप्रेसन गरिने भएको हो ।
सोहि दिनको लागी जिल्ला भरी नै गाउँ गाउँमा पुगी आखाँ जाँच तथा आखाँमा मासु पलाएको र मोतिबिन्दु भएका बिरामीहरुको छनोट गर्नको लागी जिल्ला भित्रका हरेक गाउँ गाउँमा पुगी आखाँ शिबिर गरि रहेको छ । नाशोङ गाउँपाललिकाका हरेक गाउँ गाउँमा पुगी शिबिर गरिसकेको छ ।
शनिबारबाट माथिल्लो गाउँपालिका मनाङ ङिस्याङ्ग गाउँपालिकाको गाउँ गाउँमा पुगी शिबिर सञ्चालन गरिने भएको सामुदायिक आखाँ केन्द्र चामे मनाङका नेत्र सहायक रितु श्रेष्ठले बताएका छन् । जिल्ला भित्र गरिएको शिबिरबाट अप्रेसन गर्नु पर्ने आखाँका बिरामीहरुलाई असोज ७ र ८ गतेका दिन सामुदायिक आखाँ केन्द्र चामे मनाङको आफनै भवनमा बरिष्ठ आखाँ बिशेषज्ञ डाक्टरहरु द्धारा निशुल्क आखाँ चेक जाँच तथा मोतिबिन्दु ,आखाँमा मासु पलायको बिरामीहरुको उपचार गरिनेछ ।
असोज ७ र ८ गते हुने बृहत आखाँ सिबिरमा उक्त रक्तचाप भएका तथा मधुमेह भएका बिरामीहरुको लागी पनि बिशेषज्ञहरु बाट बिशेष चेक जाच समेत गरिने र पर्दाको बरिष्ठ डाक्टर आउने भएकोले पनि सबैले एक चोटी आफनो आखाँको चेक जाच गराउन आग्रह गरिएको छ ।
यस सामुदायिक आखाँ केनद्र चामे मनाङले ई.स २०१७ मा ३५ जनाको निुशुल्क आखाँको अप्रेसन गरेको र शिबिरमा ५०० जनाको आखाँको चेक जाच भएको थियो । यस बर्ष २०१८ को हाल सम्म सामुदायिक आखाँ केन्द चामे मनाङले ५०० भन्दा बढी आखाँको बिरामीहरु आएर सेवा लिएका छन । अघिल्लो बर्ष भन्दा यस बर्षमा छोटो समय मै बढी आखाँका बिरामीहरु आएको उनको भनाई छ ।
जिल्ला अस्पताल पनि नजिकै पायक परेकोले पनि बढी मात्रामा आँखा जाँच गर्न आएका छन् भने बढी मात्रामा टि.भि हेर्ने, मोबाईल चलाउने तथा बढी कमप्यूटरको प्रयोग जस्ता क्रियाकलापहरुले गर्दा पनि आखाँको बिरामी बढेका छन् ।
सो दिन तिलगंगा आखाँ प्रतिष्ठान काठमाडौँबाट बरिष्ठ आखाँ बिषेशज्ञ डाक्टरहरुको उपस्थितीमा उक्त आखाँ शिबिर गरिने भएको हो । सामुदायिक आखाँ केन्द्र मनाङ जिल्लामा २०७० साल मा स्थापना गरिएको थियो ।
सम्बन्धित खबर
बागलुङका पूराना वामपन्थी नेता, पूर्वराज्यमन्त्री शर्माको निधन
गण्डकीको हिउँदे अधिवेशन माघ २१ गते, प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने
गण्डकीका स्वास्थ्य सचिव विनोद विन्दु शर्माको सरुवा, डा. बगालेको पदस्थापन
रवि लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण माग्याे उच्चले
चापाकोटमा आगलागी, लाखौंको क्षति
गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी