महेन्द्र जिसी, पर्वत । शिक्षा ऐनको धारा १८२ को उपधारा १६ को घ र १८३ उपधारा १ मा नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरिसकेको अवस्थामा सामुदायिक विद्यालयले विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको छ । शिक्षा ऐनको धारा १८८ को उपधारा ६ मा कुनै सामुदायिक विद्यालयले विद्यार्थीमार्फत शुल्क लिएको पाईएमा शुल्क लिने अधिकारीलाई २५ हजारसम्म जरिवाना गर्न सक्न व्यवस्था गरिएको छ ।
शिक्षा ऐनले नै प्रष्ट पारिसकेको भएपनि यहाँको एक सामुदायिक विद्यालयले विध्यार्थी मार्फत मासिक शुल्क लिँदै आएको पाइएको छ । मोदी गाउँपालिका ६ देउपुरको नव जागृति माविले कक्षा ६ देखी १० सम्मका विद्याथी मार्फत मासिक शुल्क उठाउँदै आएको पाइएको हो । विद्यालयले शुल्क लिएर सामाजिक लेखा परिक्षण समेत नगराउने गरेको विद्यालयका अभिभावहरुले गुनासो गरेका छन ।
२०६८ साल देखी लेखा परिक्षण नगराएको विद्यालयले ०६८ साल देखी नै मासिक शुल्क लिँदै आएको अभिभावक रन्त लम्सालले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र जंग लामिछानेले विद्यालयको शैक्षिक गुणस्तरको लागि ८ जना निजी शिक्षक राखेर विद्यालय सञ्चालन गराउँदै आएको बताउँदै शुल्क लिइएको बताए ।

गाउँ कार्यपालिकाले समेत सामुदायिक विद्यालयले विद्यार्थी मार्फत शुल्क लिन नपाउने गरी शिक्षा नीति पास गराइसकेको जनाएको छ । तर विद्यालयले भने कक्षा ६ का विद्यार्थी मार्फत मासिक ६ सय, कक्षा सातका विद्यार्थी मार्फत मासिक ७ सय , कक्षा ८ का विद्यार्थी मार्फत ८ सय, यसै गरी नौ कक्षाका विद्यार्थी मार्फत ९ सय र कक्षा दशमा अध्यापन गर्ने विद्यार्थी मार्फत एक हजार मासिक शुल्क विद्यालयले लिँदै आएको हो । शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख उद्धिम राज पौडेलले शुल्क लिएको भन्ने सुन्नमा आएको बताउँदै विद्यालयको अभिलेख हेरेर मात्र नियमन गर्न सकिने बताए ।
विद्यालय क्षेत्रका अभिभावकहरुले भने सामुदायिक विद्यालयले शुल्क उठाएर हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गराइसकेको जनाए । लेखा परिक्षण नहुनु, विद्यार्थी मार्फत मासिक शुल्क उठाएर हिसाव किताव पारदर्शी नराखिनुनै शैक्षिक माफियाको पराकाष्टा समुदायिक विद्यालयमा देखा परेको भन्दै उजुरी दर्ता गरिएको अभिभावकहरुको भनाई छ ।

सम्बन्धित खबर
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड
एक लाख बढी मूल्यका बिलबिनाका खाद्य सामग्रीसहित मिनी ट्रक नियन्त्रणमा
स्याङ्जामा दुई युवक लागूऔषधसहित पक्राउ
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते