महेन्द्र जिसी, पर्वत । शिक्षा ऐनको धारा १८२ को उपधारा १६ को घ र १८३ उपधारा १ मा नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरिसकेको अवस्थामा सामुदायिक विद्यालयले विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको छ । शिक्षा ऐनको धारा १८८ को उपधारा ६ मा कुनै सामुदायिक विद्यालयले विद्यार्थीमार्फत शुल्क लिएको पाईएमा शुल्क लिने अधिकारीलाई २५ हजारसम्म जरिवाना गर्न सक्न व्यवस्था गरिएको छ ।
शिक्षा ऐनले नै प्रष्ट पारिसकेको भएपनि यहाँको एक सामुदायिक विद्यालयले विध्यार्थी मार्फत मासिक शुल्क लिँदै आएको पाइएको छ । मोदी गाउँपालिका ६ देउपुरको नव जागृति माविले कक्षा ६ देखी १० सम्मका विद्याथी मार्फत मासिक शुल्क उठाउँदै आएको पाइएको हो । विद्यालयले शुल्क लिएर सामाजिक लेखा परिक्षण समेत नगराउने गरेको विद्यालयका अभिभावहरुले गुनासो गरेका छन ।
२०६८ साल देखी लेखा परिक्षण नगराएको विद्यालयले ०६८ साल देखी नै मासिक शुल्क लिँदै आएको अभिभावक रन्त लम्सालले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र जंग लामिछानेले विद्यालयको शैक्षिक गुणस्तरको लागि ८ जना निजी शिक्षक राखेर विद्यालय सञ्चालन गराउँदै आएको बताउँदै शुल्क लिइएको बताए ।

गाउँ कार्यपालिकाले समेत सामुदायिक विद्यालयले विद्यार्थी मार्फत शुल्क लिन नपाउने गरी शिक्षा नीति पास गराइसकेको जनाएको छ । तर विद्यालयले भने कक्षा ६ का विद्यार्थी मार्फत मासिक ६ सय, कक्षा सातका विद्यार्थी मार्फत मासिक ७ सय , कक्षा ८ का विद्यार्थी मार्फत ८ सय, यसै गरी नौ कक्षाका विद्यार्थी मार्फत ९ सय र कक्षा दशमा अध्यापन गर्ने विद्यार्थी मार्फत एक हजार मासिक शुल्क विद्यालयले लिँदै आएको हो । शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख उद्धिम राज पौडेलले शुल्क लिएको भन्ने सुन्नमा आएको बताउँदै विद्यालयको अभिलेख हेरेर मात्र नियमन गर्न सकिने बताए ।
विद्यालय क्षेत्रका अभिभावकहरुले भने सामुदायिक विद्यालयले शुल्क उठाएर हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता गराइसकेको जनाए । लेखा परिक्षण नहुनु, विद्यार्थी मार्फत मासिक शुल्क उठाएर हिसाव किताव पारदर्शी नराखिनुनै शैक्षिक माफियाको पराकाष्टा समुदायिक विद्यालयमा देखा परेको भन्दै उजुरी दर्ता गरिएको अभिभावकहरुको भनाई छ ।

सम्बन्धित खबर
अर्जुनचौपारीमा मंगलबार सार्वजनिक बिदा
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति