पोखरा । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुले पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा तीजे दर खाने कार्यक्रम आयोजना गरे ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस एकाइ कमिटिले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै प्रमुख आमन्त्रित व्यक्तित्व नेकपाका केन्द्रिय सदस्य दिलु पन्तले पार्टीभित्र न्याय स्थापित गर्न लागिपरेको बताईन् । युवा संघकी पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेकी उनले विद्यार्थीहरु पढाईसँगै राष्ट्र निर्माणको अभियानमा लाग्नुपर्नेमा जोड दिईन् ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नंं १ अध्यक्ष शारदा पराजुली, अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव प्रविना अधिकारी, अखिल केन्द्रिय सचिवालय सदस्य सरिता पुरी लगायतले बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस एकाई संयोजक राजन शर्मा पराजुलीले नेकपाको दुई तिहाई बहुमत सरकारले एक वर्ष पुग्न लाग्दा समेत जनताको अपेक्षा अनुरुप काम गर्न नसक्दा समृद्ध मुलुक निर्माण अभियानमा होमिएका विद्यार्थीकै टाउको निहुराउनुपर्ने अवस्था आउन लागेको बताए । उनले जनताले ब्यालेटमा भोट हालेको न्याय माग्दा बुलेट खानका लागि होइन भन्दै पञ्च, राणा जस्तो शासनको झल्को कम्युनिष्ट सरकारमा हुनु दुःखद भएको बताए ।
क्रान्तिकारी क्याम्पस एकाई कमिटि संयोजक बसन्त भट्टचनले सञ्चालन गरेको कार्यक्रममा अखिल विद्यार्थी नेता सन्तोष न्यौपानेले स्वागत गरेका थिए ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो