पोखरा । चोरले अनेक तौरतरिका अपनाउँछन् । दिउँसै आँखै अगाडि छक्याएर सामान चोरी भएको छ पत्रकार जमुना वर्षा शर्माको ।
पत्रकार वर्षाका अनुसार सोमबार पोखरा नयाँबजार स्थित घरमा दिउँसो ३ बजे तिर मुख नबोल्ने नाटक गर्दै एक जना युवक कापी कलम लिएर कोठामा माग्न आए । कोठामा नै आएको देखेर उनी छक्क परिन् । तल्लो तलामा बस्नेले माथि जाउ भनेर पठाएको आशयमा कुरा गरेको वर्षाले बताईन् ।
‘साँच्चै नबोल्ने नै होला भन्ने लाग्यो, हातको ईशाराले पाँच रुपैया भए पनि हुन्छ भन्यो, ब्यागमा खुजुरा जम्मा १५ रुपैया रहेछ । हुन्छ भन्दै टाउको हल्लायो, त्यही दिएँ’ उनले भनिन्– ‘म यता कोठामा थिएँ, उसले त अर्को कोठाबाट टेबुल माथि राखेको छोरीको ट्याब पो चोरेर लगेछ । त्यसमा भएको नम्बर अहिले स्विच अफ छ ’
सो ट्याब्लेट पत्रकार बर्षाकी छोरी प्राप्ति लम्सालले चलाउने गर्थिन् । साँच्चैका अपांगता भएका व्यक्तिप्रति हेर्ने दृष्टिकोणमै आँच आउने गरी भएको यो हर्कतको उनले खेद प्रकट गरिन् । उनले प्रहरीलाई समेत घटनाबारे जानकारी गराईसकेको बताएकी छिन् ।
चोर्ने नियतले विभिन्न बहानामा कोठासम्म आउन सक्छन् भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ । होसियार रहनुहोला ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो