नेगम परियार, मनाङ । ‘चर्खा’, यो नाम सायद कमैलाई मात्र थाहा छ होला । यो हो उन तथा भेडाको रौँ बाट धागो काटने चर्खा । पहिलेको पालामा उन तथा भेडाको राँै बाट धागो काटेर त्यस धागो बाट बिभिन्न प्रकारका कपडा तथा राडी पाखी बुनी प्रयोजनका लागि प्रयोगमा ल्याईनथ्यो तर आज भोलि यी र यस्ता सामाग्रीहरु लोपोन्मुख अवस्थामा छ । यी र यस्ता सामाग्रीहरु व्यवसायिक रुपमा त परै जाओस्, व्यक्तिगत प्रयोजनमा समेत छैन । कहिँकतै भेटिन पनि मुस्किल छ ।
पहाडी तथा हिमाली भेगमा समेत यी र यस्ता सामाग्री अहिले व्यवसायिक प्रयोगमा छ्रैन । कहिँकतै मात्र आकलझुक्कल देख्न पाईने यस्ता सामाग्रीहरु आखिर किन लोपोन्मुख भयो त ? भन्ने बिषयमा ७३ बर्षीया मनाङबासी एक बृद्ध याङदुल छिरिङ डोल्मा लामा सिकाउन भन्दा पनि सिक्नेको कमीले गर्दा यी र यस्ता ब्यबसाय वा ब्यक्तिगत प्रयोजनको लागि प्रयोगमा निरन्तरता ल्याउन नसकेको बताउँछिन् ।
सिक्न नमान्ने, सिकेर के हुन्छ र ? भन्ने र यसप्रति चासो नभएकोले पनि यस्ता सीप, सामाग्री हराउँदै गएको उनको बुझाई छ । परिवारमा आफूमात्र यसलाई चलाउन सक्ने सीप भएको भन्दै उनले यस चर्खाबाट भेडाको रौँ बाट धागो निकाली कपडा, सुक्कुल, राडी, पाखी तथा बिभिन्न प्रयोजनका लता कपडा बनाईने गरेको स्मरण गरिन् ।
हिउँ पर्दा ओढ्ने राडीको ओडान समेत यहि चर्खाबाट धागो काटी बुन्ने गरिन्थ्यो । अहिले त बजारमा नयाँ नयाँ ज्याकेट पाईहालिन्छ किन सिक्नु ? किन धागो काट्नु ? उनले प्रश्न गरिन् । अहिलेका मान्छे धेरै अल्छी र आधुनिक भएकाले यस्तो भएको ७३ बर्षीया बृद्धा याङदुल डोल्मा लामाको भनाई छ ।
मनाङ जिल्ला कै नार्पाभुमि गाउँपालीका अन्र्तगत नार र फू गाउँहरुमा यसको बढी प्रयोग र उत्पादन गर्ने गर्छन । त्यस ठाउँमा पनि यस्ता चर्खाबाट धागो कटाई गरि बिभिन्न कपडा, राडी पाखी बुन्नेमा बृद्ध बृद्धाहरुले नै गर्ने गरेको उनको भनाई छ ।
हुन त घरेलु तथा साना उद्योग कार्यालय चामे मनाङे यी र यस्ता सामाग्री बनाउन सीप तथा तालिम पनि दिएको उद्योगले बताए पनि सीप र सामाग्रीहरुलाई निरन्तरता नदिँदा यी र यस्ता सीप तथा सामाग्रीहरु हराउँदै गएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर
स्याङ्जामा सत प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइयो
स्वास्थ्य सचिवमा वहालीको माग गर्दै बिनोदबिन्दुले दायर गरेको रिट उच्चद्वारा खारेज
सदाचार र नैतिकताले सुशासन र समृद्धिः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति