गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, भदौ २६ । पोखराको पामे स्थित लौरुकमा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । अविरल बर्षापछि खोला बढेको र सोही खोलाले बगाउँदा पोखरा २४ कास्कीकोटका ५० बर्षिय गुञ्जबहादुर बस्नेतको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
खोला तर्ने क्रममा चप्पल बगाएपछि उनी चप्पल समात्न खोलामा झरेका थिए । बढेको खोलाले उनलाई पनि सँगै बगाएको स्थानीयले बताएका छन् ।
उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ठूलो बर्षाका कारण पोखरा र आसपासमा ठाउँठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध भएका छन् भने खोलाको बहाव बढेको छ । रामघाटमा पानी तालिएको छ ।
प्रतिकात्मक तस्विर
सम्बन्धित खबर
पानीले धान भिज्यो, उत्पादन घट्ने
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
आँधीखोला बोर्डिङको उद्घोषण, नेतृत्व तथा व्यक्तित्व विकास तालिम सम्पन्न
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
भीरकोटमा वृहत् योग शिविर हुने
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन