सुन्दरकुमार थकाली
मुस्ताङ,२७ भदौ ।
मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकामा निर्माणधिन लेते–छयो जोड्ने पक्की मोटरेबल पुलको काम सम्झौता अवधि सकिँदा जम्मा चौथाई मात्र प्रगती देखिएको छ ।ठेकेदार र पेटे ठेकेदारबीच आन्तरिक द्धन्दका कारण पुलको काममा ढिलाई भएको हो ।
साविकको जिल्ला बिकास समितिको ११ करोड ३७ लाख बजेट बिनियोजन भएको उक्त पुलको काम स्वच्छन्द निर्माणसेवाले लिएको हो ।लम्बाई १ सय मिटर र चौडाई ७.५ मिटर मिटर रहेको उक्त पुलको काम सम्झौता अवधि सकिदाँ २७ प्रतिशत मात्र पूरा भएको लोकल रोडब्रिज प्रोग्रामका प्राविधिज्ञ राजिव शाहले जानकारी दिए ।उनका अनुसार पक्की पुलको २० मिटर उचाई भएको ४ वटा पिल्लर उठ्नु पर्नेमा हाल जम्मा ४ मिटर मात्र उठेका छन् ।समयसिमा नाध्दा अझै ४ वर्ट पिल्लरको १६–१६ मिटर उचाई उठ्न बाँकीनै छ ।हाल पुलको तलको २ वटा पिल्लर बस्ने फन्डेसन ढलानको काम सम्पन्न भएको शाहले बताए ।उनले पुलको पायलिङ र बिम राख्ने संरचना निर्माण आदीको मुख्य काम बाँकीनै रहेको जनाए ।
सम्झौता अवधि २४ महिना रहेको उक्त पुलको काम चालु भदौ महिनामा सकिएको एलआरपि प्रमुख शाहले बताए ।अहिले निर्माण कम्पनीलाई पेनाल्टी समय थप भएको बताए ।आर्थिक वर्ष २०७३ साल फागुन महिना देखि सुरु गरिएको पुलको काम नियमित संञ्चालन हुन नसक्दा ढिलाई हुन पुगेको उनले बताए ।मुस्ताङको तल्लोक्षेत्र बेनी–जोमसोम सडकखण्ड आसपास पर्ने छयो,ताक्लुङ,झिप्रा देउराली र टिटी गाउँ जोड्ने छयो पुल निर्माणमा ढिलाई हुदाँ त्यसक्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् । पुल निर्माण भएमा कृषि व्यवसायमा आश्रित ४ गाउँका स्थानीयले दैनिक आवत–जावत देखि उत्पादित बस्तुहरुको बजारिकरणमा सहज हुँने टिटीका स्थानीय समाजसेवी तेजेन्द्र गौचनले बताए ।
सोमबार गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचन,थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचन, प्रजिअ शिशिर पौडल,शसस्त्र प्रहरी बल सिमा सुरक्षा प्रमुख डिएसपी हरि गुरुङ ,जिल्ला अनुसन्धान प्रमुख महेश गुरुङ सहितको टोलीले उक्त निर्माणधिन छयो पुलको निरीक्षण गरेको छ ।पुलको निरीक्षण गर्दे सांसद गौचनले समय काम सम्पन्न् गर्न निर्देशन दिए ।अब कुनैपनि बहानामा पुल निर्माणको काम रोकिनु हुदैन ।उनले भने ।प्रजिअ पौडेलले पुलको काम अब यो र त्यो बहानामा रोकिन नहुने सुझाए ।प्रजिअ पौडेलले ठेकेदार तथा मजदुरलाई निर्देशन दिदै भने ‘ कुनै समस्या भए बताउनुहोस् । त्यसको निकास हामी दिन्छौ ।तर चाँडो भन्दा चाँडो पुलको काम सकिन प¥यो ।’थासाङ २ कोवाङमा अवस्थित जनआदर्श अम्मरसिंह माध्यमिक बिद्यालयको ६७ औं बार्षिकोत्सव समारोहमा सरिक हुन मुस्ताङ आएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई बिदाईगरी फर्कने क्रममा छयो पुलको निरीक्षण गरिएको जनाईएको छ ।
मुस्ताङमा छयो प्ल जस्तै अन्यस्थानका मोटरेबल पुल पनि समय सम्पन्न हुन सकेका छैनन् ।बेनी–जोमसोम सडक जोड्ने घरपझोङ गाउँपालिका ३ स्याङ खोलामा निर्माणधिन मोटरेबल पुल,वारागुङ गाउँपालिकाको डोल्पा जोड्ने एक्लेभट्टीमा निर्माधिन मोटरेबल पुल ,कालिगण्डकी करिडोरको कागबेनी खोलामा निर्माणधिन मोठरेबल पुल र वाराग्ङ गाउँपालिकाको उपल्लो मुस्ताङ जोड्ने छुसाङ गेटमा निर्माणधिन पक्कीपुल आदीको काम सम्झौता अवधि सकिदा समेत तोकिएको समय संम्पन्न हुन सकेका छैनन् ।
हालै मात्र लामो पर्खाईपछि सम्झौता अवधि सकिएको दोब्बर समय लगाएर लुप्रा–पान्डा खोला पुल संञ्चालनमा आएको छ । भौगोलिक अवस्थाको जानकारी नलिई पुलको डिपिआर सर्वे गरिदा वर्षायामको समय पुल एकातीर खोलो एकातीर भईरहेको छ ।पुलको डिजाईननै परिवर्तन गर्न आवश्यक रहेको प्रजिअ शिशिर पौडेल जनाए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी