पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशनमा नेतृत्वमा आउन चाहनेहरुको भिडमा हँसिलो युवा उम्मेदवार छन्, जो आफू सबैको प्रिय हुँ भन्छन् । उनी सोवित पौडेल ।
संघको कार्यसमिति सदस्य पदका यी उम्मेदवारलाई तपाईंको उम्मेदवारी किन ? जितिन्छ ? प्रश्न तेर्साउने बित्तिकै भनिहाले – ‘म जित्नलाई मात्र उम्मेदवार भएको होइन, जितेर केही गरेर पनि देखाउनु छ । रह्यो जित्ने कुरा, म आफूमा र सारा पोखरेली व्यवसायीहरुको म माथिको माया प्रति बिश्वास राख्दछु ।’
सानै उमेरमा सफलता हात पारेका सोवित डाँफे होटल ट्रेनिङ ल्याङ्ग्वेज एकेडेमी, डाँफे होटल प्रा.लि., विन्ध्यवासिनी पार्र्टी प्यालेस, कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज लगायतका व्यवसायिक फर्महरुका संचालक हुन् भने लायन्स क्लब, जेसीज लगायतका सामाजिक संस्थाहरुमा समेत सकृय छन् ।
हामी सबैलाई थाहा छ पोखरा उद्योग वाणिज्य संघ पोखराको निजी क्षेत्रको अभिभावकीय दायित्व बोकेको संस्था हो । जसको लामो इतिहास प्रति सारा पोखरेली गर्व गर्छन । आसन्न ३२ औं महाधिबेसनमा रबिन्सन प्रजु र दामु अधिकारी अध्यक्ष पदको नेतुत्वको लक्ष्य सहित प्यानलकै रुपमा अगाडी बढिरहेका छन् । जुन, स्पष्ट रुपमा राजनीतिक रुपमा छुट्टिएका छन् । युवा पंक्ति पनि दुवै प्यानलबाट अगाडि आएका छन् । उनीहरु मत माग्न घरदैलोमा ब्यस्त छन् । कस्को प्यानल र कुन उमेदवारले बाजी मार्ने हो त्यो हेर्न असोज ५ र ६ गते सम्पन्न हुने अधिवेशन कुर्नै पर्ने हुन्छ ।
प्रस्तुतिः गोविन्द देवकोटा




सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो