तनहुँ । विद्यालय स्तरीय तिज गित एवं नृत्य प्रतियोगितामा शुक्ला मावि झापुटार विजयी भएको छ । लियो क्लब अफ तनहुँ र लियो क्लब अफ तनहुँ निर्मल अल्फाको आयोजनामा बिहिबार प्रतियोगिता आयोजना भएको हो । त्यस्तै गरि प्रतियोगितामा दमौली पब्लिक इंगलिस स्कुल दोस्रो, निर्मल मावि तेस्रो र गोरखकाली मावि र इन्द्रेणी मावि सान्तोना भएका छन् ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ५ हजार र प्रमाणपत्र, दोस्रो हुने विद्यालयले नगद ३ हजार र प्रमाणपत्र, तेस्रो हुने विद्यालयले नगद १ हजार ५ सय र प्रमाणपत्र र सान्तोना हुने दुवै विद्यालयले नगद ८ सय र प्रमाणपत्र प्राप्त गरेका छन । इन्द्रेणी माविको प्रस्तुति उत्कृष्ट भएको भन्दै व्यास नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष खरसिं दरैले सान्तोना पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा ७ वटा समूहको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता लियो क्लब अफ तनहुँ निर्मल अल्फाकी अध्यक्ष सुस्मिता चौधरी रहेकी थिइन् । त्यस्तै कार्यक्रमको प्रमुख अतिथि डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठ रहेका थिए । सोहि अवसरमा बोल्दै लियो क्लब अफ तनहुँ निर्मल अल्फाकी अध्यक्ष सुस्मिता चौधरीले लियो क्लबको अल्फा तनहुँमा पहिलो भएको बताइन । स-साना विद्यार्थीको अन्तरनिहित प्रतिभा लाइ बाहिर प्रस्फुटन गर्ने र सामाजिक कार्यमा सानै उमेर देखि लाग्नुपर्छ भन्ने भाव सहित लियो क्लब अफ तनहुँ निर्मल अल्फाको स्थापना भएको उनले बताइन ।

प्रतियोगिताको निर्णायकहरुमा मेघनाथ रिमाल, बलिराम विक र सिता केसी रहेका थिए । प्रतियोगितामा वैदेशिक रोजगारीको दुख संगै आइपर्ने समस्या, धेरै धनको लोभमा विदेश नजान सन्देश संगै बचत गर्नु पर्ने र दिन दुखी लाई सक्दो सहयोग गर्नुपर्ने भावका गित तथा प्रस्तुति प्रस्तुत गरिएको थियो । कार्यक्रमको मूल संयोजक लियो क्लब अफ तनहुँका अध्यक्ष अनिल श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा व्यास नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष खरसिं दरै, लायन्स डिष्ट्रिकका कोषाध्यक्ष माधव बहादुर पन्त, डिष्ट्रिक एडभाइजर शंकरलाल राज भण्डारी, चुडामणि दाहाल, लायन्स क्लब अफ तनहुँका अध्यक्ष प्रताप सिंह गुरुङ, लायन्स क्लब अफ तनहुँ भानुभक्तका अध्यक्ष विष्णु पराजुली, लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’, लियो क्लब अफ तनहुँका अध्यक्ष अनिल श्रेष्ठ, निर्मल माविका प्राचार्य गणेशचन्द्र बस्नेत आदिको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लियो क्लब अफ तनहुँ सचिव महमद गफर (सुदिप) र लियो क्लब अफ तनहुँ निर्मल अल्फाकी सचिव अलिसा ठकुरीले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?