नेप्कम्स् सर्भिसेजले आगामी असोज ४ गते (सेम्टेम्बर २०) अष्ट्रेलिया एजुकेशन फेयर आयोजना गर्ने भएको छ । चिप्लेढुंगा स्थित दि भिलेज पोखरामा हुने सो फेयर उच्च शिक्षाका लागि आकर्षण गन्तव्य बनिरहेको अष्ट्रेलिया अध्ययन गर्न जाने सोचमा रहेका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै आयोजना गरिएको हो ।
फेयरमा अष्ट्रेलियाका २० भन्दा बढि कलेज विश्वविद्यालयको स्टल रहनेछ । प्लस टु, व्याचलर र मास्टर तहको पढाई सकेर अष्ट्रेलियामा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थीलाई जानकारी हेतु कार्यक्रम गरिएको नेप्कम्स् पोखराका म्यानेजर सन्तोष शाहीले जानकारी गराए ।
“शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी अभिभावकको जिम्मेवारी, पढाई खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी उपलब्ध गराइनेछ ।” शाहीले भने– “फेयरले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहेका विद्यार्थी र अभिभावकहरुका लागि राम्रो अवसर उपलब्ध गराउने अपेक्षा लिएका छौं ।” यस मेलाको बैंकिङ्ग पार्टनर एनएम बि बैंक, आइएलटिस पार्टनरमा आइडिपि एजुकेशन, आइटि पार्टनरमा वर्डप्रेस पोखरा रहेका छन् ।
निशुल्क प्रवेशको व्यवस्था रहेको मेला विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा रहने मेलामा आइएलटिएस रजिस्ट्रेशन को व्यवस्था छ । मेलामा भिजिट गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्रहरुका साथ उपस्थित भएमा छात्रवृतिको लागि समेत प्रोसेसिङ गरिने आयोजकले जनाएको छ ।
अभिभावकहरुलाई पर्ने आर्थिक भार कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर परामर्श दिन मेलामा एनएमबि बंैकको उपस्थिति रहने छ । साथै, मेलामा उपस्थित विद्यार्थीहरुको लागि विभिन्न डिस्काउण्ट कुपन, प्रिभिलेजकार्डको पनि व्यवस्था गरिएको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थीसँगै अभिभावकहरुको जिम्मेवारी समेत उत्तिकै हुने हुँदा विद्यार्थी सँगसँगै अभिभावकहरुलाई फलदायी हुने शाहीले बताए ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको नेम्कम्स् सर्भिसेजको मेलवर्न, फिलिफिन्स, काठमाडौं, पोखरा, धरान र बुटवलमा पनि कार्यलय रहेको छ । पोखरामा सिद्धार्थचोकमा रहेको युनिस्टार एजुकेशन सँग नेप्कम्स् को सहकार्य रहेको छ ।

सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए