नेप्कम्स् सर्भिसेजले आगामी असोज ४ गते (सेम्टेम्बर २०) अष्ट्रेलिया एजुकेशन फेयर आयोजना गर्ने भएको छ । चिप्लेढुंगा स्थित दि भिलेज पोखरामा हुने सो फेयर उच्च शिक्षाका लागि आकर्षण गन्तव्य बनिरहेको अष्ट्रेलिया अध्ययन गर्न जाने सोचमा रहेका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै आयोजना गरिएको हो ।
फेयरमा अष्ट्रेलियाका २० भन्दा बढि कलेज विश्वविद्यालयको स्टल रहनेछ । प्लस टु, व्याचलर र मास्टर तहको पढाई सकेर अष्ट्रेलियामा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थीलाई जानकारी हेतु कार्यक्रम गरिएको नेप्कम्स् पोखराका म्यानेजर सन्तोष शाहीले जानकारी गराए ।
“शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी अभिभावकको जिम्मेवारी, पढाई खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी उपलब्ध गराइनेछ ।” शाहीले भने– “फेयरले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहेका विद्यार्थी र अभिभावकहरुका लागि राम्रो अवसर उपलब्ध गराउने अपेक्षा लिएका छौं ।” यस मेलाको बैंकिङ्ग पार्टनर एनएम बि बैंक, आइएलटिस पार्टनरमा आइडिपि एजुकेशन, आइटि पार्टनरमा वर्डप्रेस पोखरा रहेका छन् ।
निशुल्क प्रवेशको व्यवस्था रहेको मेला विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा रहने मेलामा आइएलटिएस रजिस्ट्रेशन को व्यवस्था छ । मेलामा भिजिट गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्रहरुका साथ उपस्थित भएमा छात्रवृतिको लागि समेत प्रोसेसिङ गरिने आयोजकले जनाएको छ ।
अभिभावकहरुलाई पर्ने आर्थिक भार कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर परामर्श दिन मेलामा एनएमबि बंैकको उपस्थिति रहने छ । साथै, मेलामा उपस्थित विद्यार्थीहरुको लागि विभिन्न डिस्काउण्ट कुपन, प्रिभिलेजकार्डको पनि व्यवस्था गरिएको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थीसँगै अभिभावकहरुको जिम्मेवारी समेत उत्तिकै हुने हुँदा विद्यार्थी सँगसँगै अभिभावकहरुलाई फलदायी हुने शाहीले बताए ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको नेम्कम्स् सर्भिसेजको मेलवर्न, फिलिफिन्स, काठमाडौं, पोखरा, धरान र बुटवलमा पनि कार्यलय रहेको छ । पोखरामा सिद्धार्थचोकमा रहेको युनिस्टार एजुकेशन सँग नेप्कम्स् को सहकार्य रहेको छ ।
![](http://gandaknews.com/wp-content/uploads/2018/09/Nepcoms.jpg)
सम्बन्धित खबर
पहिलो पाइला स्याङ्जाको न्यानो माया अभियान, पोशाक तथा शैक्षिक सामाग्री वितरण
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवग्रह मन्दिर व्यवस्थापन समिति गठन, अध्यक्षमा पोख्रेल
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
गोरखामा रुखबाट लडेर १ जनाको मृत्यु
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु