प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ। जीर्णोद्वार गरिएको मन्दिरमा तामाको पातामा सुनको जलपले पोतिएको छ। मन्दिर पुरै सुनौलो देखिएको छ। सुनकै जलप लगाएर गजुर समेत राखिएको छ। १८ किलो सुन खर्चेर मन्दिरमा जलप लगाइएको समितिले जनाएको छ।
१३ करोड रुपैयाँमा जीर्णाेद्वार सकिएको मन्दिर २०७२ असारमा क्षमा पूजा गरेर भत्काइएको थियो। जीर्ण भएको मन्दिरलाई भूकम्पले थप जीर्ण भएपछि भत्काइएको थियो। नेपाल सरकार र भक्तजनबाट आएको रकमबाट जीर्णाेद्वार सम्पन्न भएको मन्दिर जीर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए।
‘जीर्णोद्वारको काम सकिएको छ, सरसफाइको काम बाँकी छ,’ श्रेष्ठले भने, ‘सरसफाइको काम सकेपछि दसैंमा भक्तजनले मन्दिरमै पूजा गर्न पाउँछन्।’ अहिले मनकामना मन्दिरकै छेउमा मन्दिरको प्रतिमा बनाएर पूजा गर्ने व्यवस्था मिलाइएको छ।
सरकारको चार करोड र भक्तजनको आठ करोड रुपैयाँले मन्दिर जीर्णोद्वार गरिएको अध्यक्ष श्रेष्ठलले जानकारी दिए। मन्दिरको आँगनमा ढुंगा छाप्ने काम पनि गर्न लागेको छ। ‘मन्दिरको पछाडि भागमा पर्खाल लगाउने र आँगनमा ढुंगा पनि छाप्ने तयारीमा छौँ’ उनले भने, ‘यति गरेपछि मन्दिरको आयु पनि बढ्ने छ।’
तस्विरः कैलाशबाबु श्रेष्ठको फेसबुकबाट
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर