कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रशासनले अलमल गरिरहेको सन्दर्भमा भोलि शनिवार देशका अधिकांश ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ अभियानले जनता भेला एवं प्रदर्शन गर्ने भएको छ।
घटना भएको ५० दिन बितिसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न उक्त प्रदर्शन हुन लागेको हो। सामाजिक संजाल प्रयोगकर्ता र न्यायप्रेमीहरुको अग्रसरतामा हुने उक्त प्रदर्शन पोखराको मानवधिकार चोकमा शनिवार दिउँसो १ बजे हुनेछ। ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियानमा सहयोग पुर्याउन स्वतस्फुर्त रुपमा यो कार्यक्रम आयोजना गरिएको हो।
देशका बिभिन्न स्थानहरुमा काठमाडौंको माईतिघर मण्डला, झापाको अर्जुनधारा , काकरभिट्टामा हनुमान मन्दिर र दमकको दमक चोक, बिराटनगरको ट्राफिकचोक र बिराटचोक, धरानको भानुचोक, ईटहरीको रेयुकाई चोक, ईनरुवाको लोकतान्तरिक चोक, राजविराजको भगवती मन्दिर,काभ्रे पाँचखालको समाजकल्याण चोक, नेपालगंज, भरतपुरको चौबिसकोठी, मेलम्चीको हेलम्बु बसपार्क, गाइघाटको पिपलचोक लगायतका ठाउँहरुमा जनता भेला हुनेछन् ।

निर्मलाकालागि न्याय भन्दै सामाजिक संजाल र मिडियाहरु निरन्तर आवाज उठाईरहँदा पनि दोषी पत्ता लगाउन सरकार असफल हुँदै आएको छ। दोषी पत्ता लगाउनकालागि आयोगहरु बनिसके पनि दोषी पत्ता लगाउन नसक्नुले शंकाको सुई उच्चपदस्थहरु र पहुँचवालाहरु तर्फ घुमेको छ। निर्मला पन्तका आमा-बाबु न्यायको खोजीमा देशको राजधानी नै पुग्नुपरेको अवस्थामा न्याय दिन सरकार किन हिच्किचाईरहेको छ भन्ने प्रश्न जनमानसले गर्न थालेका छन्।
यसरी न्यायका लागि समय लम्बिदै जानुले अनेक शंका उपशंका पैदा गरेकाले सरकारलाई दवाब दिन उक्त प्रदर्शन हुन लागेको हो । यसअघि पनि माइतीघर मण्डलामा निर्मलाका निम्ति न्याय माग्दै मौन विरोध प्रदर्शन गरिएको थियो।
गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो। घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो