बाग्लुङ । शुक्रबार मध्येरात बडिगाड र ढोरपाटन नगरपालिकाको सिमाना तुरतुरे भीरबाट ठूलो पहिरो खस्दा बडिगाड खोला थुनियो ।
मध्यपहाडी लोकमार्ग माथिबाट ठूला चट्टानसहित खसेको पहिरोले खोला नै पुरै थुनिँदा माथि खोला आसपासका ढोरपाटन नगरपालिका २ सिमलचौरका चार घर डुबानमा परे । खोला नजिक रहेका घर, गोठ सबै पुरै डुबे ।

७ घण्टापछि बिहान बल्ल तालको पानी बिस्तारै ओभर फ्लो भएर बग्न थाले । खोला थुनिएपछि खोला थुनिदा दुई किलोमिटर माथिसम्म पानीको ताल फैलियो । पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन एक साता करीब लाग्ने देखिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।

थुनिएको खोलाले बिस्तारै आफ्नो बहाव ल्याउन थालेकाले ठूलो जोखिम टरेको उनले बताए । ठूला ढुगांसहित खोला थुनिएकाले फुट्ने सम्भावना नभए पनि तल्ला तटीय क्षेत्र भीमगिठे, खाल, खार लगायतका बासिन्दालाई बिशेष सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको थियो ।

पहिरो खसेर ताल बनेको क्षेत्रमा बाग्लुङ सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसहितको टोली विहानै पुगिसकेको थियो ।

ढोरपाटन २ सिमलचौर चुरा बहादुर कुमालको गोठ सहित ३ गोरु तालमा पुरिए, देविराम कुमालको दुईतले टिनको छानो भएको घर गोठ, कृष्ण बहादुर कुमालको घर गोठ र राम बहादुर कुमाल गोठ पुरियो । स्थानीयले महत्त्वपूर्ण सामान भने निकालेका थिए ।

मध्यपहाडी लोकमार्गको ठुलो भ¥याङ खण्डको सडक भदौ २३ गतेबाट विहान ७ बजे देखी साँझ ४ बजेसम्म यातायात ठप्प पारी स्तरोन्नति गर्ने कार्य भैरहेको अवस्थामा यो भीषण पहिरो खसेको हो ।

विगत वर्षहरुमा गल्कोट नगरपालिका ११ रिघाको मनेवामा पनि लोकमार्ग निर्माण गर्ने ठेकदारहरुले जथाभावी सडक नालीबाट गिट्टी, बालुवा, ढुंगाहरु उत्खनन गर्दा सुख्खा पहिरो गएर दरमखोला पूर्णरुपमा थुनिएर विशाल ताल बनेपछि स्थानीयवासी एवं गुल्मीको मुसिकोट वामीटक्सारबासीले ठुलो क्षती व्यहोर्नु परेको थियो ।

ईबाग्लुङ डटकमको सहयोगमा ।
सम्बन्धित खबर
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’