जनहितको ६४औं बार्षिकोत्सव तथा अभिभावक दिवस

जनहितको ६४औं बार्षिकोत्सव तथा अभिभावक दिवस

2

सुन्दरकुमार थकाली
मुस्ताङ,१ असोज
मुस्ताङ सदरमुकाम जोमसोममा अवस्थित जनहित माध्यमिक बिद्यालयले आफ्नो ६४औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सोमबार बिद्यालयद्धारा आयोजित बार्षिकोत्सव तथा अभिभावक दिवसको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले एक समारोहकाबीच उद्घाटन गरे ।सांसद थकालीले जिल्लाको शैक्षिक बिकास तथा समृद्धिका लागि प्रदेश सरकार संग निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए ।सांसद थकालीले शैक्षिक गुणस्तर सुदृढ र सवल बनाउन शिक्षकहरुको अग्रणी भुमिका रहने उल्लेख गरे ।शिक्षकहरुले निस्वार्थ भावनाले कार्यसम्पादन गर्नसके बिद्यालय र बिद्यार्थीको भबिष्य उज्वल रहने उनले बताए ।

आफु पनि यही बिद्यालयमा पढेको ,हुर्केको हुँ ।सानो तहबाट सुरु भएको बिद्यालय हो ।बिद्यालयले आर्थिक भौतक र शैक्षिक फट्को मारेको देख्दा गौरान्वित भएको छु ।’उनले भने ।बिद्यालयले क्याम्पसतहको कक्षा संञ्चालन गर्न सफल भएको उल्लेख गर्दे सांसद थकालीले यसको ब्यवस्थापन पक्षमा पनि सबै सरोकारवालाहरु उक्तिकै योगदान रहने सुझाए ।

जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङले समाजका बिकृति बिसङ्गती निर्मूल गर्न शिक्षा महत्वपूर्ण माध्यम भएको बताईन् ।उनले शिक्षाको उज्लायो किरण छर्ने शिक्षक शिक्षिका राम्रो भए बिद्यालयको शैक्षिक वातावरण राम्रो हुँने जनाईन् ।प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बिद्यालयलाई सही गन्तब्यमा लैजान बिद्यार्थी ,प्रिन्सिपल र अभिभावकको त्रिपक्षिय समन्वय महत्वपूर्ण हुँने सुझाए।उनले बिद्यालय चेतना प्राप्त गर्ने मन्दिर भएकाले शिक्षकले बिद्यार्थीलाई सही व्यवहारको ज्ञान दिलाउन सक्नुपर्ने बताए ।बिद्यालय जिज्ञासा व्यक्त गर्ने थलो भएको उल्लेख गर्दे प्रजिअ पौडेलले जस्ले जिज्ञासा ब्यक्त गर्छ त्यो असल बिद्यार्थी ठहरिने र जुन शिक्षकले जिज्ञासाको उत्तर दिन सक्छ उक्त शिक्षक वास्तबिक शिक्षक हुँने उदाहरण प्रस्तुत गरे ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीले बिद्यालयको बिद्यमान सफलतामा आफ्नो पुरै टिमको सफलता भएको बताए ।उनले बिद्यालयमा आफुले बिभिन्न चरणमा लामो समय योगदान गरेको दावी गर्दे बिद्यालयको शैक्षिक जहाजलाई सहि गन्तब्यमा डोहो¥याउन सदैव लागिरहने प्रतिबद्धता जनाए ।शिक्षक अभिभावक संघका अध्यक्ष भीमबहादुर रसाईलीले बिद्यालयलाई प्राविधिक शिक्षाको खाँचो रहेको बताए ।कार्यक्रममा पूर्व सभासद चन्द्रबहादुर गुरुङ, जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाई,घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली,नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली,बिद्यार्थीहरु मनप्रसाद बिक र प्रियङ्का खड्का खाती लगायतले बोलेका थिए ।


आर्थिक वर्ष २०७४–२०७५ मा बिद्यालयको सर्वोउत्कृष्ट शिक्षक कर्ण थकाली घोषित भएका छन् ।उनलाई प्रदेश सांसद महेन्द्रबहादुर थकाली,प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल र जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङले खादा ,अबिर र प्रमाणपत्रले सम्मान गरे ।सम्मान शिक्षक थकाली जनहित तेजनिरला बहुमुखी क्याम्पसका प्रमुख हुन् । शिक्षाक्षेत्रमा गरेको योगदानको प्रतिफल वापत बिद्यालयले सम्मान गरेको सम्मानित थकालीले बताए ।बिद्यालयका भूपू बिद्यार्थीहरुले पनि जनहितका बिद्यार्थीलाई छात्रबृद्धि उपलब्ध गराएका छन् ।व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीको पहलमा मोहनसिंह लालचन तथा निरा लालचनले कक्षा ११ र १२ मा पढ्ने बिद्यार्थीले वर्षेनी २० हजारका दरले सम्मान गर्ने जनाएका छन् त्यस्तै, बिद्यालयका भूपू बिद्यार्थीले उदयहेलेन छात्रबृद्धि सम्मान स्वरुप २ जना बिद्यार्थीलाई नगद २० हजार उपलब्ध गराए ।त्यस्तै घरपझोङ गाउँपालिकाले पनि जनहित माविलाई भौतिक सामाग्री तथा बिद्यार्थीलाई छात्रबृद्धि राहत उपलब्ध गराएको छ ।

यसवर्ष जनहित मावि जोमसोमलाई छात्रबृद्धिकै ओईरै लागेको हो ।मदन भण्डारी फाउन्डेसनले कक्षा ११ र कक्षा १२ पढ्ने गरिब तथा जेहेन्दार छात्र छात्राहरुलाई छात्रबृद्धि प्रदान ग¥यो ।बिद्यालयमा २६ बर्ष निरन्तर शिक्षिकाको रुपमा योगदान गर्दे सेवा निबृद्ध भएकी मनमाया गुरुङ छात्रबृद्धि कोषले कक्षा ६ देखि १० सम्म पढ्ने २ छात्रछात्रालाई छात्रबृद्धि उपलब्ध गरायो ।त्यस्तै राष्ट्रिय प्रारम्भिक कक्षा पढाई(ईजिआरपि)ले पनि कक्षा १ देखि कक्षा ३ सम्म पढ्ने वालवालिकाका अभिभावकलाई नगद ३ हजारका दरले सम्मान ग¥यो ।त्यसैगरी,बिद्यालयको बार्षिकोत्सवका अवसरमा आयोजित बिभिन्न बिधाका खेलाडीलाई पुरस्कृत गरिएको छ । बिद्यालयले अन्तर सदनात्मक छात्रा तथा छात्रा भलिबल प्रतियोगित लगायतका खेलहरु आयोजना गरेको थियो ।


यसअघि प्रअ रामचन्द्र अधिकारीले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले सांङ्गित नृत्य प्रस्तुत गरेका थिए ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीको अध्यक्षतामा भएको कार्यक्रम स्वागत रमेश भट्टचनले गरेका थिए भने संञ्चालन माधबजी भण्डारीले गरेका थिए ।

बि.स. २०११ सालमा सुरुवाती प्राथमिक बिद्यालयको रुपमा स्थापना भएको यस बिद्यालयले क्रमिक रुपमा उच्चमाध्यमिक तह हुँदै अहिले ब्याचलर सम्मको कक्षा संञ्चालन गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ