तनहुँ । व्यास नगरपालिकाले गत असार १९ गते रुख ढलेर ज्यान गुमाएकी तथा घाइते भएका बालिकाहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ । घरबाट विद्यालय जाने क्रममा रुख ढलेर ज्यान गुमाएका र र्घाईते भएका व्यास नगरपालिका वडा नम्बर ६ शेषटारका एकै परिवारका बालिकाहरुको परिवारलाई नगरपालिकाले ५० हजार रुपँया नगद सहयोग प्रदान गरेको हो ।
बालिकाका पिता तेज बहादुर थापालाइ नगर प्रमुख वैकुण्ठ न्यौपानेले सोमबार उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तानतरण गर्दै नगरप्रमुख न्यौपानेले विपद्को अवस्थामा नगरपालिका नगरबासिको साथमा रहेको बताए । उक्त रकमको चेक ग्रहण गर्दै तेज बहादुर थापाले नगरपालिका प्रति धन्यवाद प्रकट गरेका थिए । व्यास नगरपालिकाको विपद् व्यवस्थापन कोष अर्न्तर्गत उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।
रुख ढलेर किच्दा तेजबहादुरकी कान्छी छोरी ८ वर्षीया विनिषा थापा मगरको मृत्यु भएको थियो भने १० बर्षीया माईली छोरी सनिषा गम्भिर र्घाईते भएकी थिईन । र्घाईते सनिषाको कम्मरदेखि मुनिको भाग चल्दैन । सोही घटनामा र्घाईते भएकी थापाकी जेठी छोरी अस्मिताको अवस्था सामान्य रहेको छ ।
यो पनि पढ्नुहोस :
सम्बन्धित खबर
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पूर्ण स्मृति शुक्लागण्डकी एफ एम सम्मान तथा पुरस्कार–२०८१ प्रदान, नयाँ समिति सर्वसम्मत
चौथो ऋषिङ्ग अल्ट्रा म्याराथनको उपाधि नेपाली सैनिकका हुमलाल श्रेष्ठलाई
तनहुँमा श्रीमानले गरे अचानोले हानेर श्रीमतीको हत्या
तनहुँमा सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ
बन्दीपुर केबलकारको स्पष्टिकरणः नियमित सर्भिसिङ गरिएको हो, कुनै दुर्घटना र क्षती भएको छैन
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी